चितवनमा करेन्ट लागेर एक गैँडाको मृत्यु

२०८२ श्रावण २१ बुधबार १२:३६:०० मा प्रकाशित

चितवन । चितवनमा करेन्ट लागेर एक गैंडाको मृत्यु भएको छ । माडी नगरपालिका-२ भैरवपुरमा करेन्ट लागेर करिब २० वर्षको एउटा भाले गैँडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले जानकारी दिनुभएको छ । उहाँका अनुसार गैँडा आज बिहान ९ः३० बजे  धानबारीमा करेन्ट लागेर मरेको अवस्थामा भेटिएको थियो । 


गैँडाको खाग, खुर सुरक्षित रहेको जनाउँदै उहाँले कसले कुन प्रयोजनका लागि धानबारीमा विद्युतीय करेन्ट छोडेको हो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको बताउनुभयो ।