गैँडाकोट नगरपालिकाको सेवा भोलिदेखि सूचारु हुने

गैँडाकोट । हालै जेनजी समूहद्वारा भएको आन्दोलन र सोबाट सिर्जित परिस्थिति सामान्य भएसँगै स्थगित गैँडाकोट नगरपालिकाको सेवा पुनःसञ्चालन हुने भएको छ। भदौ ३१ गते मंगलबार (भोलि)देखि सेवा सुचारु हुने नगरपालिकाले विज्ञप्ति निकालेर जानकारी गराएको छ।
गैँडाकोट नगरपालिकाले सोमबार जारी गरेको सूचनामा आन्दोलनका कारण यहि भदौ २३ गतेदेखि अवरुद्ध सेवाहरू भदौ ३१ गते मंगलबारदेखि पुनः सञ्चालन हुने गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले जानकारी दिनुभयो । यससँगै नगरपालिकाको मुख्य कार्यालय, वडा कार्यालयहरू तथा स्वास्थ्य संस्था लगायतका सम्पूर्ण सेवा केन्द्रहरूबाट सूचारु हुने सूचनामा उल्लेख छ। नगरपालिकाले सेवाग्राहीहरूलाई अब नियमित रूपमा सबै सेवा लिन सकिने जानकारी गराएको छ।