एक सातादेखि आन्दोलित मणिपाल र जिएमसी अस्पतालका नर्सहरू 

२०८२ कार्तिक १ शनिबार १३:३०:०० मा प्रकाशित

पोखरा । कास्कीको मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज (जिएमसी) मा कार्यरत नर्सहरू एक सातादेखि आन्दोलित छन् ।


पारिश्रमिक वृद्धिको माग गर्दै मणिपाल शिक्षण अस्पतालका नर्सहरूले असोज २४ गतेदेखि आन्दोलन गरिरहेका हुन् । यस्तै, असोज २७ गतेदेखि जिएमसीका नर्सहरू पनि आन्दोलनमा उत्रिएका छन् । 

 

नेपाल सरकारले २०८१ मंसिर २७ मा स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ र स्वास्थ्यकर्मीको पारिश्रमिक, सेवा–सुविधा सरकारीसरह नघट्ने गरी लागू गर्नुपर्ने निर्णय गरेको थियो । सरकारी मापदण्डअनुसार नर्सको न्यूनतम पाँचौँ तहको तलब ३४ हजार ७ सय ३० रुपैयाँ तोकिएको छ ।

 

मणिपाल र जिएमसीका नर्सहरुले आफुहरुले १२ हजारदेखि १५ हजारसम्म मात्रै तलब पाउने गुनासो गरेका छन् । अस्पतालले स्टाफ नर्सको रुपमा तोकेर राखेकाले स्टाफ नर्सलाई सरकारले तोकेको पारिश्रमिक दिनुपर्ने नर्सहरूकोे माग छ ।