आँबुखैरेनी-मुग्लिन सडक आज राति दुई घण्टा बन्द हुने
तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन सडकखण्ड आज (सोमबार) राति दुई घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ । आँबुखैरेनी गाउँपालिका-४ साँखरमा भूकम्प प्रतिरोधकता परीक्षणका लागि राति १२ बजेदेखि दुई बजेसम्म सडकखण्ड पूर्ण रूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
साँखरमा पहिरो नियन्त्रणका लागि भूकम्प प्रतिरोधकता परीक्षण अध्ययन गर्नुपर्ने भएकाले सडक बन्द गरिने कार्यालयका प्रशासकीय अधिकृत सिर्जना रेग्मीले जानकारी दिनुभयो । गएको असोज १८ गते सडक भासिएको त्यो खण्ड अहिले एकतर्फी रूपमा सञ्चालनमा छ । यसअघि २०७९ साल जेठ २७ गते त्यही ठाउँमा सडक भासिएपछि भित्ता काटेर मस्र्याङ्दी नदीतर्फबाट पर्खाल उठाइएको थियो । त्यो ठाउँमा फेरि सडक भासिएको हो ।
.png)