गैंडाकोट नगर बक्सिङ संघले खेलमा उत्कृष्ट योगदान दिनेलाई गर्यो सम्मान
गैडाकोट । गैंडाकोट नगर बक्सिङ संघको आयोजनामा सम्मान कार्यक्रम सम्पन्र भएको छ । गैडाकोट खेलकुद समितिको हलमा सोमवार देश तथा विदेशमा बक्सिङ खेल र फुटबल खेलमा उत्कृष्ट योगदान पुर्याएकोमा एनएफ्सी -Deurne_का सस्थापक सदस्य क्रिस पुनलाई सम्मानपत्र द्धारा सम्मान गरिएको थियो ।
बक्सि∙ संघको कार्यवाहक अध्यक्ष सुर्दशन श्रेष्ठले अगामि दिनहरुमा पनि यस्तै कार्यक्रमहरु गरि खेलकुदको विकास गर्न सहयोग गर्ने बताउनुभयो ।
नेपाल बक्सिङ महासंघका केन्द्रीय सदस्य लक्ष्मण कार्कीले सम्मानित खेलाडीलाई शुभकामना,दिदै सहयोगी मनहरुलाई धन्यवाद दिनुभयो । उहाँले निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
नवलपुर जिल्ला बक्सिङ संघका कार्यवाहक अध्यक्ष दल बहादुर रानाले सहयोगी मनहरुलाई धन्यवाद दिनु भयो । उहाँले जिल्लामा बक्सिङ खेलको विकासका लागि सहयोगी मनहरुले गर्दा खेलकुद विकासमा धेरै योगदान पुर्रयाएको बताउनुभयो ।

नवलपुर जिल्ला बक्सिङ संघका सल्लाहकार राम बहादुर पुनले नवलपुर जिल्लाका प्रत्येक पालिकामा गैंडाकोटमा जस्तै नगर संघ गठन गर्ने र बक्सिङ खेलका खेलाडीहरु उत्पादन गर्ने बताउनुभयो ।
एन्फा फुटबल प्रशिक्षक सुबास तामाङ,नगर बक्सिङ संघका पदाधिकारी सदस्यहरु र बक्सिङ तथा अन्य खेलका खेलाडीहरुको उपस्थीति रहेको थियो । कार्यक्रमको सहजिकरण नगर बक्सिङ संघका सचिव राम बहादुर परियारले गर्नुभएको थियो ।