आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार 

२०८२ कार्तिक १२ बुधबार १२:५५:०० मा प्रकाशित

काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ । मंगलबार तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम भएको सुनको मूल्य बुधबार ७०० रुपैयाँले घटेर तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको हो । 
 

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । मंगलबार तोलामा २ हजार ९२० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार ४५ रुपैयाँले बढेर तोलामा २ हजार ९ सय ६५ रुपैयाँ कायम भएको हो ।