पाल्पामा भ्यान दुर्घटना, तीन जनाको मृत्यु

२०८२ कार्तिक १२ बुधबार १६:२८:०० मा प्रकाशित

बुटवल । पाल्पाको रैनादेवी छहरामा भएको भ्यान दुर्घटनामा तीन जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मुझुङका अनुसार सदरमुकाम तानसेनदेखि करिब २० किलोमिटर पश्चिमतर्फ पर्ने रैनादेवी छहरा गाउँपालिका-४, पिपलभञ्ज्याङमा लु प ०००१ ज ००९१ नम्बरको ईभी भ्यान दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा परि चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकहरूको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।