मिसेस नेपाल वल्ड २०२५ मा नवलपुरकी गंगा लामिछानेको सहभागिता

भोट गरेर  जिताउन सबैलाइ आग्रह

२०८२ कार्तिक २७ बिहीबार १३:५३:०० मा प्रकाशित

नवलपुर। विवाहित सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्ड २०२५ मा नवलपुरकी गंगा लामिछानेको पनि सहभागिता रहेको छ ।

गैडाकोट घर भएकी लामिछानेको प्रतियोगितामा (Contestant Number) प्रतियोगी नम्बर १८ रहेको छ । सौन्दर्य प्रतियोगिताको प्रतिस्पर्धामा रहेकी लामिछानेले भोट गरेर आफुलाई जिताउन सबैलाइ आग्रह गर्नुभएको छ । उहाँलाई भोट गर्न खल्ती एपमा गई भोटिङ मा जाने त्यसपछि मिसेस नेपाल वल्र्ड २०२५ मा जाने र Vote Now मा क्लिक गर्ने त्यसपछि गंगा लामिछानेको (Contestant Number) प्रतियोगी नम्बर १८ लाई भोट गरेर जिताउन अनुरोध गर्नु भएको छ ।

महिला सशक्तिकरण, आत्मविश्वास, सामाजिक सहभागिता र प्रतिभा प्रदर्शनको सशक्त मञ्चको रूपमा स्थापित प्रतियोगिताको फाइनल सो यही कार्तिक २९ गते शनिबार काठमाण्डौमा हुँदैछ ।
फाइनल प्रतियोगितामा मिसेस नेपाल वल्र्डसँगै ८ औ संस्करणको मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधिका विजेता पनि घोषणा गरिनेछ । विजेता मिसेस नेपाल वल्र्डले आगामी वर्ष अमेरिकामा हुने मिसेस वल्ड २०२५ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।


यसअघि मिसेस नेपाल वल्डकोे उपाधि २०२१ मा दिक्षा केसी र २०२३ मा पृथ्वीया थापा थिए। यस्तै २०२४ मा डेनिला कार्कीले यो उपाधि चुम्नु भएको थियो। पृथ्वीया थापाले मिसेस वल्र्ड २०२३ मा नेपालको प्रतिनिधित्व गर्दै ह्युम्यानिटेरियन अवार्ड प्राप्त गर्नुभएको थियो ।


यस किसिमको प्रतियोगिता देश–विदेशमा नेपाली महिलाहरूको पहिचान विस्तार गर्ने उद्देश्यले निरन्तर आयोजना गरिँदै आएको यसपटकको प्रतियोगिता केवल सौन्दर्य र प्रतिभा प्रस्तुति मात्र नभई, महिलाहरूको नेतृत्व, आत्मविश्वास, र सामाजिक उत्तरदायित्वलाई उजागर गर्ने गहिरो अभियानका रूपमा अघि सारिएको आयोजक संस्था रिवन इन्टरटेनमेन्ट प्रालिले जनाएको छ।