नारायणी मा.वि गैँडाकोटको अध्यक्षमा गंगाबहादुर पाण्डे चयन
गैंडाकोट । नारायणी माध्यमिक विद्यालयको शनिबार सम्पन्न अभिभावकहरुको भेलाले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको गठन गरेको छ ।
नारायणी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिमा समाजसेवी एवं शिक्षाप्रेमी गंगा बहादुर पाण्डे अध्यक्षमा सर्व सम्मत निर्वाचित हुनुभएको हो । समितिको सदस्यहरुमा गैँडाकोट वडा नं ७ का वडा अध्यक्ष होमनाथ सापकोटा, अभिभावकहरु पुनम वि.क, विर बहादुर गुरुङ, नन्दकली दर्लामी, सञ्चरी कुमाल, समाजसेवी प्रेमाकुमारी पाण्डे र सदस्य सचिवमा प्रधानाध्यापक मिलन श्रेष्ठ चयन हुनुभएको छ ।

शिक्षक अभिभावक संघको अध्यक्षमा छविलाल सापकोटा, बुद्धि दराई, डिल्लीराज कुमाल, सुनु सुनार, पूर्णिमा पुन, धनकुमारी शर्मा, विनोद सापकोटा, सहदेव पाठक र डोलबहादुर दरै सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
समिति गठन कार्य सम्पन्न गर्न निर्वाचन समितिमा शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत रामप्रसाद अधिकारी संयोजक, वडा अध्यक्ष होमनाथ सापकोटा सदस्य र प्रधानाध्यापक मिलन श्रेष्ठ सदस्य सचिव रहनुभएको थियो ।
कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले नारायणी माध्यमिक विद्यालयले विगतमा भन्दा शैक्षिक एवं भौतिक क्षेत्रमा धेरै प्रगति गरेको कुरा बताउँदै विद्यालयको शैक्षिक गुणस्तर सुधार र भौतिक विकासमा नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने कुरा व्यक्त गर्नुभयो ।

कार्यक्रममा गैँडाकोट वडा नं ९ का निवर्तमान वडा अध्यक्ष प्रेमप्रसाद सापकोटा र पूर्व प्रधानाध्यापक नारायण पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी प्रसाद चापागाईँको अध्यक्षतामा सम्पन्न सो भेलाको सहजीकरण सहायक प्रधानाध्यापक जगन्नाथ उपाध्यायले गर्नुभएको थियो ।
