गैँडाकोटमा एक हप्ते मगर भाषा तथा अक्खा लिपि आधारभूत प्रशिक्षण सम्पन्र
गैँडाकोट । शहिद लखन थापा मगर भेजा संस्था, गैंडाकोट नगरपालिका वडा नं. १ र २, नवलपरासीको आयोजना तथा नेपाल मगर संघ नगर समितिको समन्वयमा मगर भाषा तथा अक्खा लिपि आधारभूत प्रशिक्षण सफलता पूर्वक सम्पन्न भएको छ । कार्यक्रम नेपाल मगर लेखक संघ नगर समिति गैँडाकोटको सहकार्यमा लाफा महिला आमा समूहको गैँडाकोट–१ स्थित बुद्ध विहार ग्याचो डाँडामा भएको थियो ।
कार्यक्रममा गैँडाकोट नगरपालिका वडा नं. १ का सदस्य चेली माया सारु मगरले मगर भाषालाई मौलिक रूपमा हस्तान्तरण गर्न आवश्यक रहेको बताउँदै आफ्नो पहिचान र संस्कृतिलाई जोगाउन भाषाको महत्व रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले तालिमले भाषा र लिपिको संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल मगर लेखक संघ गण्डकी प्रदेशका अध्यक्ष तथा प्रमुख प्रशिक्षक खड्का बहादुर पामी आले मगरले मगरहरूको भाषा, धर्म र संस्कृतिको बारेमा प्रशिक्षण तालिम सञ्चालन गरी आफ्नो पहिचानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन सकिने धारणा व्यक्त गर्नुभयो। उहाँले सिकेका कुरा व्यावहारमा लागू गरी प्रत्येक घरमा आफ्नो छोराछोरीलाई पनि सिकाउनु पर्ने बताउनुभयो। साथै, भाषा प्रशिक्षणमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
(3).jpg)
नेपाल मगर संघ जिल्ला समिति नवलपुरका उपाध्यक्ष दुर्गा बहादुर मसराङ्गी मगरले गण्डकी प्रदेशमा मगर भाषालाई कामकाजको भाषाको रूपमा सञ्चालन गरिएको हुँदा लिपि सिकाइलाई प्राथमिकताका साथ निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो।
नेपाल मगर लेखक संघ नगर समिति गैँडाकोटका अध्यक्ष टिकाराम सारु मगरले एक हप्ताभित्र सिकेका ज्ञानलाई सीमित नराखी अरूलाई पनि सिकाउँदै भाषाको विस्तारमा योगदान पु¥याउन आग्रह गर्नुभयो।
कार्यक्रममा नेपाल मगर संघ नगर समितिका सदस्य मोहानसिं थापा मगर, नेपाल मगर संघ नगर समिति गैंडाकोटका संरक्षक एवं समाजसेवी केयरसिं राना मगर, नेपाल मगर संघ भु.पु. सैनिक तथा प्रहरी संघ केन्द्रीय समितिका सदस्य चेत बहादुर सारु मगर, अनिषा सुनारी मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
(4).jpg)
वडा नं. १ र २ का विभिन्न स्थानमा प्रशिक्षण सञ्चालन गर्ने प्रशिक्षकहरूलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो भने कार्यक्रमको सहजीकरण प्रशिक्षक सिता थापा मगरले गर्नुभएको थियो।