आजको मौसमः आंशिक बदलीबाहेक मौसम सफा रहने

२०८२ मङ्सिर २६ शुक्रबार १३:४०:०० मा प्रकाशित

काठमाडौं । आंशिक बदलीबाहेक आज देशभर मौसम मुख्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।


राति देशभर मौसम मुख्यतया सफा रहने विभागको भनाइ छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ ।