नवनियुक्त ४ मन्त्रीहरूले लिए शपथ

२०८२ मङ्सिर २६ शुक्रबार १५:४४:०० मा प्रकाशित

काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच नवनियुक्त चार मन्त्रीहरूले शपथ लिएका हुन् । मन्त्री हुनेहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन् । उनीहरूलाई प्रधानमन्त्रीको सिफारिसमा आजै राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् ।

 

राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त चार मन्त्रीहरूमध्ये श्रेष्ठलाई महिला तथा बालबालिका, माधव चौलागाईंलाई वन तथा वातावरण, भण्डारीलाई श्रम र कुमार इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।