नारायणी माध्यमिक विद्यालयकाे ४७ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

२०८२ पौष ११ शुक्रबार १५:२३:०० मा प्रकाशित

नवलपुर, १० पौष । गैँडाकोट नगरपालिका वडा नं ७ मा अवस्थित नारायणी माध्यमिक विद्यालयले ४७ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस समारोह विहिबार सम्पन्न भएको छ ।

 

कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले विद्यालयको विद्यालयको भौतिक विकासका लागि नगरपालिकाबाट सक्दो सहयोगको गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मिलन श्रेष्ठले विद्यालयको प्रगति प्रतिवेदन तथा शैक्षिक उपलब्धिका बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

 

 

कार्यक्रममा गैँडाकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष होमनाथ सापकोटा, शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत रामप्रसाद अधिकारी, गैँडाकोट नगरपालिका वडा नं ७ का निवर्तमान वडा अध्यक्ष चोलानाथ उपाध्याय, शिक्षा समिति सदस्य एवं नेपाल राष्ट्रिय शमसेर आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रराज भट्टराई, जनक नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक बुद्धिसागर पण्डित, नेपाल शिक्षक महासंघ गैँडाकोट नगरपालिकाका अध्यक्ष एवं महेन्द्र स्मारक आधारभूत विद्यालयका प्रधानाध्यापक शिवराज काफ्ले, विद्यालयका पूर्व प्रधानाध्यापक कृष्ण सापकोटा, नमुना शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष जयराम कंडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

 

 

कार्यक्रममा उत्कृष्ट बर्ष शिक्षक सम्मानबाट केशरीपुरी चितौरे, एस.इ.इ २०८१ मा सतप्रतिशत विद्यार्थी सफल गराउन सफल नेपाली विषय शिक्षक गोविन्द रिमाल, लामो समय सम्म निरन्तर शिक्षण सिकाइमा सक्रिय लक्ष्मीदेवी रिमाल र मुक्तिराम तिवारी, विद्यालय नर्सको रुपमा उत्कृष्ट सेवा प्रदान गर्नुहुने अस्मिता अधिकारी, उत्कृष्ट कर्मचारी सम्मानबाट दिपेश महतो, कार्यालय सहयोगी नरेन्द्रकुमार आचार्य क्षेत्री,सहयाेगी निरुता कुमाल, अभिभावक पूर्णिमा पुन र सुमित्रा महतो सम्मानित हुनुभएको छ ।

 

 

कार्यक्रममा बार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न बौद्धिक एवं खेलकुद कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुद्वार निर्माण गरिएका शैक्षिक सामग्रीहरु प्रर्दशन गरिएको थियो । कार्यक्रममा शिक्षक अभिभावक संघ अध्यक्ष छविलाल सापकोटा, गैँडाकोट वडा नं ९ का निवर्तमान वडा अध्यक्ष प्रेमप्रसाद सापकोटा, पूर्व प्रधानाध्यापक नारायण पौडेल, समाजसेवी एवं विद्यालयका संस्थापक इन्द्रमणि कंडेल लगायतको उपस्थित हुनुभएको थियो ।

 

 

विद्यालय व्यवस्थापन समिति सदस्य शिक्षक प्रतिनिधि पुष्पा पौडेल खनालले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाबहादुर पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो । साे कार्यक्रमकाे सहजीकरण सहायक प्रधानाध्यापक जगन्नाथ उपाध्याय र शिक्षक केशरीपुरी चिताैरेले गर्नुभएकाे थियाे ।