गायक तथा अभिनेता प्रशान्त तामाङको हृदयघातका कारण निधन

२०८२ पौष २७ आइतबार १३:४५:०० मा प्रकाशित

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । ४३ वर्षिय तामाङको आज दिल्लीस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको संगीतकार राजेश घतानीले जानकारी दिएका छन् ।  

 

भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता तामाङले गोर्खा पल्टन, अँगालो मायाको, निशानी, किन मायामा, परदेशी लगायतका नेपाली चलचित्रमा अभिनय गरेका छन् । ‘वीर गोर्खाली’ र ‘असारे महिनामा’ उनका चर्चित गीतहरु हुन् ।

 

तामाङकी श्रीमती र एक छोरी छन् । उनले हाल सलमान खान अभिनीत फिल्म ‘ब्याटल अफ गलवान’ मा काम गरिरहेका थिए ।