स्वतन्त्र उम्मेद्वार अभिनाशको साथ राजनलाई

२०८२ फाल्गुण १८ सोमबार २१:०६:०० मा प्रकाशित


नवलपरासी पूर्व । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य  निर्वाचन अन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्व क्षेत्र नं. १ का स्वतन्त्र उम्मेद्वार अभिनाश सुनारले राजन गौतमलाई समर्थन गर्नुभएको छ । राजन गौतम राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार हुनुहुन्छ ।

आफ्नो साथमा रहेका मतदातालाई राजन गौतमलाई  मतदान गर्न अभिनाश सुनारले आग्रह गर्नुभएको छ । रास्वपाका उम्मेद्वार गौतमलाई यस क्षेत्रमा बलियो उम्मेद्वारको रुपमा हेरिएको छ । 

राजन गौतमले आफूलाई परिवर्तन र नयाँ राजनीतिक अभ्यासको प्रतिनिधिका रूपमा उभ्याएका छन्।  २०७९ सालको निर्वाचनमा उनले शशांक कोइराला विरुद्ध प्रतिस्पर्धा गर्दै उल्लेखनीय मत प्राप्त गर्नुभएको थियो । कम उमेरमै क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालेका गौतमलाई उनका समर्थकहरूले ऊर्जाशील, स्पष्ट वक्ता र व्यवस्थापकीय क्षमतायुक्त नेताका रूपमा चित्रण गर्छन्।