सुनचाँदी दुवैको मूल्यमा वृद्धि
काठमाडौँ । नेपाली बजारमा अघिल्लो दिनको तुलनामा सोमबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज एकैदिन चार हजार १०० रुपैयाँ बढेर दुई लाख ७४ हजार ७०० रुपैयाँ पुगेको छ । हिजो (आइतबार) सुन प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदी पनि प्रतितोला २०५ रुपैयाँ बढेर पाँच हजार १ सय ९५ रुपैयाँ प्रतितोला कायम भएको महासंघले जनाएको छ । हिजो चाँदी चार हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।