नव पारिजात टोल विकास संस्थाको ८ औं  साधारण सभा एबम् ५ औं अधिवेशन सम्पन्न 

२०८२ पौष २८ सोमबार १४:५७:०० मा प्रकाशित

गैंडाकोट । नव पारिजात टोल विकास संस्थाको ८ औं साधारण सभा एबम् ५ औं अधिवेशन  गैंडाकोट २ स्थित होटल द नारायणीमा आइतबार सम्पन्न भएको छ । अधिवेशनले प्रमिला सापकोटाको अध्यक्षतामा ११ जना सदस्यीय समिती गठन गरेको छ । जसको उपाध्यक्षमा फुलनाथ सापकोटा, सचिवमा चन्द्रकान्त आचार्य, कोषाध्यक्षमा टिकाराम शर्मा रहनुभएको छ । त्यस्तै, सदस्यहरुमा कल्पना शर्मा, गणेश प्रसाद अधिकारी, चन्द्रदत्त सापकोटा र सविता थापा चयन हुनुभएको छ ।


त्यसैगरी, लेखा समिति संयोजकमा रामजी गौतम, सदस्यहरुमा चन्द्रकुमार वाग्ले र लक्ष्मण कुमार श्रेष्ठ चयन हुनुभएको छ ।  

 
यसअघि भएको कार्यक्रममा प्रमुख अतिथि नव पारिजात टोल विकास संस्थाका संस्थापक अध्यक्ष कमल शर्मा गौतमले टोल विकासको लागी सबैले एकजुट भएर काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नव पारिजात टोल विकास संस्थाका कोषाध्यक्ष टिकाराम शर्मा गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 


कार्यक्रममा नव पारिजात टोल विकास संस्थाका पूर्व अध्यक्ष प्रेमराज बस्याल, श्री नगर टोल विकास संस्थाका उपाध्यक्ष लक्ष्मी पाण्डे लगायतले शुभ कामना मन्तव्य राख्नुभएको थियो ।


संस्थाका उपाध्यक्ष रामजी गौतमले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव प्रमिला सापकोटाले गर्नुभएको थियो । कार्यक्रम नव पारिजात टोल विकास संस्थाका संस्थापक अध्यक्ष कमल शर्मा गौतमको अध्यक्षता तथा सभापति वृन्दा कंडेल सापकोटाको आतिथ्यतामा सम्पन्न भएको थियो ।