गैंडाकोट वार्ड नं ८ मा अनुसन्धानका लागि कुखुराका चल्ला वितरण
गैंडाकोट । गैंडाकोट वार्ड नं ८ मा अनुसन्धानका लागि २१ जनालाई स्थानीय जातका कुखुराका चल्ला वितरण गरिएको छ। शुक्रबार एक कार्यक्रमका बीच गैंडाकोट वडा नम्बर ८ को करमघारी टोलमा रहेका २१ जनालाई १० वटाका दरले विभिन्न प्रजातिका ५ हप्ते हुर्केका चल्ला वितरण गरिएको हो। गैडाकोट वडा नम्बर ८ को संयोजनमा राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम अन्तर्गत नेपाल कृषि अनुसन्धान परिषद् परवानीपुर बाराले सो कार्यक्रम गरेको हो।
कृषकहरूलाई गिरिराज, न्यु हेम्सपायर, ब्ल्याक अस्टलोप, कर्निस तथा स्थानीय जात साकिनी कुखुराका चल्ला प्रदान गरिएको राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रमका संयोजक तथा वैज्ञानिक डाक्टर अजित शाहले बताउनुभयो। कार्यक्रमको लागि यस ठाउँमा आएर वडा अध्यक्ष, पशु प्राविधिकसँग दुई चार चोटी छलफल गरी यो ठाउँमा अनुसन्धान गर्न सक्छौं भनेर कार्यक्रम लिएर आएको वैज्ञानिक डाक्टर शाहले बताउनुभयो । ग्रामीण कुखुरामा काम गर्न गाउँघरमा पालिने कुखुरालाइर्, गाउँघरकै तरिकाबाट पाल्ने गरि काम गरिरहेको उहाँले बताउनुभयो। परवानीपुरमा विगत एक वर्षदेखि कार्यक्रम सञ्चालन भइरहेको छ । अनुसन्धान भनेकै डाटा हो, जबसम्म यहाँको ठाउँमा कस्तो भयो, हावापानीमा यहाँको रेखदेखमा कस्तो भयो, त्यो नहेरेसम्म कुखुरा तपाईंको भन्न सकिँदैन यो राष्ट्रको सम्पत्ति हो उहाँले भन्नुभयो । उहाँले भन्नुभयो” वितरण गरिएका चल्ला आफ्नो हिसाबले पाल्नुहोस,१५÷ १५ दिनमा कुखुराको तौल गर्नुपर्ने हुन्छ र पाँच छ महिना अण्डा नपारेसम्म रेकर्ड लिनु पर्छ । उहाँले यहाँ वितरण गरिएका कुखुरा, अण्डा र मासुका लागि पालिने उन्नत स्थानीय जात भएको बताउनुभयो।
गैँकोट वडा नं ८ का वडा अध्यक्ष प्रेम सापकोटाले वडावासीलाई चुलो जल्न र घरर्यासी आय आर्जनका लागि सहज हुने र अनुसन्धानका लागि पनि भएकोले कुखुराका चल्ला प्रदान गरिएको बताउनुभयो। उहाँले राज्यले पशुपंक्षी क्षेत्रमा अनुसन्धान गर्न लागेकोले अनुसन्धानलाई सहयोग पुगोस् भनेर पब्लिक र सरकारको साझेदारीमा काम गरेको बताउनुभयो। उहाँले वडावासीको लागि चल्लाहरू बढ्दै गएर आम्दामीको स्रोत पनि बढ्ने बताउनु भयो । उहाँले रिपोर्ट राम्रो भयो भने पंक्षी अनुसन्धान गनर्, कुन जातको राम्रो हुन्छ र राम्रो जातलाई विकसित गर्ने उद्देश्यका साथ काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो “वडाले सुरुवात गरेको छ यसमा १ रुपैयाँ खर्च लाग्दैन। चल्ला फ्रीमा वितरण गरिएको छ। कम लागतमा बढी आम्दामी होस् भनेर काम गर्न लागेको होे।” उहाँले वडाले कृषिमा मकैलाई हाइब्रिडको रुपमा उत्पादन होस् भनेर लागिरहेको छ भने पशुमा हाइब्रिड जातका गाईभैंसीको अनुसन्धान पनि गरिरहेको बताउनुभयो। राष्ट्रभरिको अनुसन्धान गर्नको लागि यो ठाउँमा आएर अनुसन्धान गर्र्नु हाम्रा लागि सौभाग्य भएको बताउनुभयो। उहाँले हामीले दिएको रिपोर्टले राज्यभरि नै कृषिको समस्या समाधान र ठूलो योजनाहरु बन्ने पनि बताउनुभयो ।
अनुसन्धानको लागि कुखुराका चल्ला पाएपछि स्थानीयहरू हर्षित भएका छन्। उनीहरूले पाल्दै आएका स्थानीय जातको चल्लाहरूभन्दा यो जातका कुखुराको तौल बढी हुने भएकोले पनि स्थानीय खुसी भएका छन्।