गैंडाकोटमा पाँच दिने विन्टर क्याम्प सुरु
गैंडाकोट । गैंडाकोटमा पाँच दिने विन्टर क्याम्प सुरु भएको छ। बिहिबार गैंडाकोट क्षेत्रीय रंगशाला अन्तर्गतको कबडहलमा भएको कार्यक्रममा पाँच वर्षदेखि १६ वर्ष मुनिका खेलाडीहरूलाई क्याममा समावेश गरिएको छ। विन्टर क्याम्पमा करिब ४० जना खेलाडीहरूको सहभागिता रहेको छ।
विन्टर क्याम्पको पहिलो दिन बिहविार योगा मार्फत खेलाडीहरूलाई खेलकुदमा लाग्न प्रेरणा मिलोस् भनेर एकदिने योगा प्रशिक्षण, योगा प्रशिक्षक सीता कंडेलले गराउनु भएको थियो
गैंडाकोट खेलकुद विकास समितिको आयोजना, गैंडाकोट नगर बक्सिङ संघको समन्वय र गैंडाकोट वडा नं ८ खेलकुद विकास समितिको संयोजनमा कार्यक्रम भएको हो।
विन्टर क्याम्पमा बोल्दै गैडाकोट वडा नम्बर ८ का वडा अध्यक्ष प्रेम सापकोटाले खेलकुदको क्षेत्रमा र खेलाडी उत्पादनको क्षेत्रमा लगाएको लगानी खेर जान नहुने बताउनुभयो। उहाँले खेलकुदको क्षेत्रमा र खेलाडी उत्पादनमा वडाले पनि सहयोग गर्ने बताउनुभयो। वडा अध्यक्ष सापकोटाले यहाँ उत्पादन भएका खेलाडीहरू जिल्ला, प्रदेश हुँदै राष्ट्रिय रूपमा खेल्न सक्षम भएर वडासँगै राष्ट्रको नाम राख्न आग्रह गर्नुभयो।
गैडाकोट खेलकुद विकास समितिका अध्यक्ष लक्ष्मण कार्कीले विन्टर क्याम्पबाट खेलाडीहरुलाई अनुशासनसँगै खेलप्रति रुचि जगाउन क्याम्पको आयोजना गरिएको बताउनुभयो । उहाँले क्याममा फुटबल, भलिबल, क्रिकेट, बक्सिङ, कबड्डी, एथलेटिक्समा रनिङ लाई खेलाडीकोरुचि अनुसार विशेष तालिम प्रदान गरिने बताउनुभयो। उहाँले सानै उमेरदेखि खेलकुद क्षेत्रमा लागे भने अनुशासन सँगै कुलतको बाटोमा हिँड्नबाट जोगाउनको लागि पनि यस्तो क्याम्पहरु गर्नु आवश्यक रहेको बताउनुभयो

गैंडाकोट वडा नम्बर ८ वडा खेलकुद विकास समितिका अध्यक्ष सुभाष तामाङले विन्टर क्याम्पबाट खेलाडीहरूलाई सक्षम र दक्ष बनाउने लक्ष्य लिएको बताउनुभयो।
गैंडाकोट नगर बक्सिङ संघको अध्यक्ष शारदा शाही ठकुरीले खेल र खेलाडी एकअर्काका पर्यायवाची भएकोले खेलसँगै खेलाडीहरू अनुशासित रहेर खेल्नुपर्ने बताउनुभयो ।
गैंडाकोट वडा नम्बर ८ का जनप्रतिनिधि कमला आचार्य ले सानै उमेरदेखि खेलप्रति रुचि भयो भने खेलक्षेत्रमा अगाडि बढ्न सजिलो हुने बताउनुभयो।
कार्यक्रममा खेलकुद प्रेमी खेलाडी तथा प्रशिक्षकहरूको सहभागिता रहेको थियो।