ज्येष्ठ नागरिक वडा संघ गैंडाकोट ९ को अध्यक्षमा यूबराज पोखरेल चयन

२०८२ माघ ७ बुधबार १६:२४:०० मा प्रकाशित

गैंडाकोट । ज्येष्ठ नागरिक वडा संघ गैंडाकोट ९ को साधारण सभा तथा दोस्रो अधिवेशन  माघ ७ वुधबार गैंडाकोट ९ स्थित हरिओम साधना सधनको सभाहलमा सम्पन्न भएको छ ।

 

ज्येष्ठ नागरिक वडा संघका अध्यक्ष तेजेन्द्र प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि गैंडाकोट ९ का वडा अध्यक्ष धामनाथ सापकोटा रहनुभएको थियो । उहाँले ज्येष्ठ नागरिक राष्ट्रका गहना रहेको हुँदा उहाँको सम्मान र हेरचाहमा सबै सधै लागी पर्नुपर्ने बताउनुभयो । वडाबाट ज्येष्ठ नागरिकको लागी वडाबाट आवश्यक आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  


कार्यक्रममा ज्येष्ठ नागरिक नगर संघ अध्यक्ष मुक्तिनाथ न्यौपाने,  राष्ट्रिया लोक दोहोरी प्रतिष्ठान नवलपुरका अध्यक्ष बुद्विनाथ घिमिरे , पुर्व वडा अध्यक्ष  प्रेम प्रसाद सापकोटा लगायतले कार्यक्रममाथि प्रकाश पार्दै शुभकामना मन्तव्य राख्नुभएको थियोे ।

 

अधिवेशनबाट यूबराज  पोखरेलको अध्यक्षतामा ११ सदस्यीय ज्येष्ठ नागरिक वडा संघ गठन गरेको छ । संघका नवनिर्वाचित पदाधिकारीहरूमा उपाध्यक्षमा सिवलाल आचार्य , सचिवमा नारायण प्रसाद वन , कोषाध्यक्षमा बुद्विप्रसाद सापकोटा र सहसचिवमा हरिलाल पुरी रहनुभएको छ ।

 

समितिको सदस्यहरूमा मणिभद्र कंडेल , विष्णु कुमारी शर्मा , देवनाथ पाण्डे, बुद्वबहादुर कुमाल , खगेश्वर उपाध्याय र  गोमा गिरी चयन हुनुभएको छ । त्यसैगरी, नगर प्रतिनिधि सदस्यमा तेजेन्द्र प्रसाद सुवेदी , बालुराम कुमाल र टिकालाल पौडेल रहनुभएको छ । 

 

कार्यक्रमको ज्येष्ठ नागरिक वडा संघका सचिव  यूबराज पोखरेलले सहजीकरण गर्नुभएको थियोे । ज्येष्ठ नागरिक संघ गैंडाकोट नगर अध्यक्ष मुक्तिनाथ न्यौपानेले माघभित्र नगरभित्रका सबै वडामा ज्येष्ठ नागरिक संघ गठन गरिसक्ने जानकारी समेत दिनुभएको छ । उहाँका अनुसार हालसम्म १० वटा वडामा ज्येष्ठ नागरिक वडा संघ गठन भइसकेको छ ।

 

निर्वाचन आयोगका संयोजक कृष्णप्रसाद पराजुलीले निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र प्रदान गर्नुका साथै सपथ ग्रहण समेत गराउनुभएको थियो ।