गैँडाकोट १२ मा एमाले वडा किमिटी अध्यक्ष, उपाध्यक्ष र सचिवले दिए राजिनामा, कुन दल प्रवेश गरे ?
नवलपरासी पूर्व । नेकपा एमाले गैँडाकोट वाड नं. १२ को वडा कमिटिका अध्यक्ष, उपाध्यक्ष र सचिवले नेकपा एमाले परित्याग गरेका छन् । नेकपा एमाले वडा कमिटि, गैँडाकोट १२ का अध्यक्ष शोभाखर सुवेदी, उपाध्यक्ष बलराम पौडेल र सचिव शिव गौतमले नेकपा एमाले परित्याग गरेको भन्दै गत माघ २ गते नै राजिनामा बुझाएका हुन् ।

शोभाखर सुवेदीले नेकपा एमालेको कार्यशैली चित्त नबुझेपछि राजिनामा दिएको बताउनुभयो । सुवेदीले भन्नुभयो “ राजिनामा दिएको सत्य हो, अर्को पार्टी प्रवेश गरेको छैन्, अहिले भोटर मात्र हुने मन छ ।”
यस्तै उपाध्यक्ष बलराम पौडेलले पनि रास्वपा प्रवेश गरेको हो भन्ने हाम्रो प्रश्नको इन्कार गर्दै भन्नुभयो “पर्ख र हेर नै हो, कतै गएको छैन, यस पटक भोटरको रुपमा रहने विचार छ ।”
यता राष्ट्रिय स्वतन्त्र पार्टीका नगरसभापति बिमल घिमिरेले उहाँहरुले रास्वपाको सदस्यता कार्ड लिइसक्नुभएको बताउनुभयो । घिमिरेले भन्नुभयो “उहाँहरुलाई के जिम्मेवारी दिने भन्ने छलफल भइरहेको छ, रास्वपा प्रवेश गरेको सत्य हो ।”