काँग्रेस चोकमा उभिएर रवि लामिछानेले भने “यो नयाँ पुस्ताको लडाईं हो”

२०८२ माघ २६ सोमबार ०७:५६:०० मा प्रकाशित


नवलपरासी पूर्व । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आइतबार नवलपुर क्षेत्र नं. १ र क्षेत्र नं. २ का रास्वपा कार्यकर्तालाई भेटघाट गर्नुभएको छ । ३५ वर्षपछि जनताको अनुहारमा बढेको आशालाई सत्य सावित गर्न पुराना पुस्ताका नेतालाई झुक्याउन सक्यौँ भने देश कहिल्यै झुक्किनु नपर्ने रास्वपा सभापति लामिछानेको भनाइ छ ।

गैँडाकोटको काँग्रेस चोक, थुम्सी, हर्कपुर, रजहर, कावासोती, डण्डा लगायतका क्षेत्रमा राजमार्गमै कार्यकर्तालाई भेट गर्दै नयाँ पुस्ताको इतिहास रच्न आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो “कस्ले जित्ने, कस्ले हार्ने कुरा होइन यो देश र आउँदो पुस्ताले जित्ने लडार्इँ हो ।”