ज्येष्ठ नागरिक वडा संघ गैंडाकोट १ मा नयाँ नेतृत्व, अध्यक्षमा पुनः शालिकराम सापकोटा चयन 

२०८२ फाल्गुण १ शुक्रबार १७:५४:०० मा प्रकाशित

गैंडाकोट । ज्येष्ठ नागरिक वडा संघ गैंडाकोट १ को दोस्रो अधिवेशनले शालिकराम सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा सोमनाथ बास्ताकोटी, सचिवमा अम्बिका घिमिरे, कोषाध्यक्षमा जमुना खनाल, सहसचिवमा डोलराज अर्याल चयन हुनुभएको छ । 


त्यस्तै, सदस्यहरुमा कमलापती शर्मा, लक्ष्मण भट्टराई, हरीकला भट्टराई, चेतनाथ गौडेल, तुलसीप्रसाद शर्मा र विन्दु सिग्देल रहनुभएको छ । यसैबिच भेलाले ३ जना नगर प्रतिनिधिहरु पोषणराज सुवेदी, शशीचन्द्र सिग्देल र भोजराज भट्टराईलाई चयन गरेको छ । यसैबिच, निर्वाचित प्रतिनिधिलाई आज नै सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र प्रदान गरिएको थियो । 


शालिकराम सापकोटाको अध्यक्षतामा भएको यसअघिको साधारणसभाका प्रमुख अतिथी गैँडाकोट वडा नम्बर १ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले ज्येष्ठ नागरिकहरु विभिन्न संघसंस्थामा आबद्धध रहेको जनाउनुभयो । उहाँले ज्येष्ठ नागरिकका लागी वडाले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने बताउनुभयो ।


साधारण सभामा सचिवको प्रतिवेदन सोमनाथ बस्ताकोटी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष शशिचन्द्र सिग्देलले प्रस्तुत गर्नुभएको थियो ।  


ज्येष्ठ नागरिक संघ जिल्ला सदस्य कृष्णप्रसाद पराजुली, समाजसेवी हरीकला भट्टराई, टोल विकास संस्थाका अध्यक्ष तर्कबहादुर थापा, गुरु रामचन्द्र लम्साल, धार्मिक सेवा समिती मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटा, निवृत्त शिक्षक डोलराज अर्याल, कथावाचक फणिनारायण सिग्देल लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको थियो । यस्तै, नगर अध्यक्ष मुक्तिनाथ न्यौपानेले कार्यक्रममाथी प्रकाश पार्दै शुभकामना दिनुभयो । अहिलेसम्म गैँडाकोटका १७ वडाको ज्येष्ठ नागरिक वडा संघ गठन भएको नगर अध्यक्ष न्यौपानेले बताउनुभयो ।


कार्यक्रममा ज्येष्ठ नागरिक वडासंघ गैंडाकोट १ को सदस्य कमलापती शर्माले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सचिव सोमनाथ बस्ताकोटीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा गैंडाकोट १ का ९१ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।