नेपाल शिक्षक संघ नवलपुर जिल्लाको सातौं प्रतिनिधि सभा सम्पन्न

२०८२ फाल्गुण २४ आइतबार १९:१४:०० मा प्रकाशित

नवलपुर ।  नेपाल शिक्षक संघ नवलपुर जिल्लाको सातौं प्रतिनिधि सभा जनज्योती माध्यमिक विद्यालय देवचुली नगरपालिका प्रगतिनगरको सभा हलमा आइतबार सम्पन्न भएको छ । 

 

सो प्रतिनिधि सभाका प्रमुख अतिथि नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं नेपाल शिक्षक संघ पूर्व केन्द्रिय उपाध्यक्ष विष्णु पाण्डेले शिक्षकको ट्रेड युनियन अधिकारको सुनिश्चित रहनुपर्ने कुरामा जोड दिनुभयो ।


सभामा सचिव तिलकराम पाण्डेले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक गुणस्तर वृद्धि र आधुनिक प्रविधिको प्रयोग गर्ने क्षमता विकासका लागि शिक्षकहरुलाई तालिम, पेशागत चुनौतीसँग सामना गर्न सक्ने क्षमताको विकासमा पहल गर्ने कुरा बताउनुभयो । साथै अर्थ सचिव मैनाकुमारी श्रेष्ठले नेपाल शिक्षक संघ नवलपुरको आम्दानी र खर्च सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 
 

कार्यक्रममा नेपाल शिक्षक महासंघका संघीय उपाध्यक्ष बिक्रम झा ,नेपाल शिक्षक संघ केन्द्रिय सदस्य चेतनाथ अधिकारी, नेपाल शिक्षक संघ गण्डकी प्रदेश उपाध्यक्ष विष्णु प्रसाद रिजाल, नेपाल शिक्षक महासंघ नवलपुर अध्यक्ष चन्द्रदेव तिवारी, नेपाल शिक्षक संघ कावासोतीका निवर्तमान अध्यक्ष फडिन्द्र पौडेल, संघीय  प्रतिनिधि टिकादेवी पोख्रेल, जनज्योती माध्यमिक विद्यालयका प्रधानाध्यापक मिन दाहाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा निवर्तमान जिल्ला सचिव जयनारायण सापकोटा, नेपाल शिक्षक संघका निवर्तमान पालिका अध्यक्षहरु फडिन्द्र पौडेल, कृष्ण बराल र भानुभक्त पंगेनीलाई सम्मान गरिएको थियो । त्यसैगरी नेपाल शिक्षक महासंघमा नव नियुक्त पालिका अध्यक्षहरु गैंडाकोटका शिवराज काफ्ले, मध्यविन्दुका भानुभक्त पंगेनी, विनय त्रिवेणी अध्यक्ष गीता रायमाझीलाई सम्मान तथा स्वागत गरिएको थियो । नव निर्वाचित नेपाल शिक्षक संघका पालिका अध्यक्षहरु गैंडाकोटबाट गोविन्द रिमाल, देवचुलीबाट शिवहरि अधिकारी, कावासोतीबाट अर्जुन देवकोटा, विनय त्रिवेणीबाट मदन जि।सी। ,मध्यविन्दुबाट कृष्ण तिवारी, बुलिङटारबाट खिम सुस्लिङ्ग, बौंद्धिकालीबाट दिपक पोख्रेललाई स्वागत गरिएको थियो । 


जिल्ला उपाध्यक्ष राधा तिवारीले स्वागत गर्नुभएको प्रतिनिधि सभाको सहजीकरण सचिव तिलकराम पाण्डेले सहजीकरण गर्नुभएको थियो । 


सभा नेपाल शिक्षक संघ नवलपुर जिल्ला अध्यक्ष इन्द्रराज भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।