आइतबार चितवनमा मोटरसाइकल डो¥याएर फरक खालको प्रदर्शन गरिँदै

२०८३ जेठ ९ शनिबार १७:०४:०० मा प्रकाशित

चितवन । पेट्रोलियम पदार्थमा गरिएको अत्यधिक मूल्यवृद्धि र सरकारले लगाएको विभिन्न शीर्षकका करहरूको विरोधमा आइतबार चितवनमा फरक खालको प्रदर्शन हुने भएको छ । जेनजी अभियन्ता मिराज ढुंगाना नेतृत्वको ‘गरी खान देऊ’ को चितवन शाखाले मोटरसाइकल नचढाई हातले दोहो¥याएर विरोध ¥याली आयोजना गर्न लागेको हो ।

 

आइतबार अपराह्न ४ः३० बजे चितवनको चौबिसकोठीबाट सुरु हुने उक्त ¥याली लायन्स चोकसम्म पुग्नेछ । यस आन्दोलनको नेतृत्व बिशु लामा गुरुङले गरेको ‘गरी खान देउ’ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । दैनिक उपभोग्य वस्तुदेखि खाद्यान्नसम्म सबै कुराको मूल्य आकासिएको बेला आर्थिक संकटको समयमा जनतामाथि थप करको भार थोपर्नु अन्यायपूर्ण भएको ढुंगानाको  भनाइ छ । ढुंगानाका अनुसार सरकारले पेट्रोलियम पदार्थमा भन्सार महसुल, प्रदूषण शुल्क, सडक मर्मत दस्तुर, पूर्वाधार विकास कर, मूल्य अभिवृद्धि कर र हरित कर गरी ६ प्रकारका करहरू लगाउँदै आएको छ। हाल प्रतिलिटर पेट्रोलको मूल्य २१७ रुपैयाँ पुग्दा सरकारले झन्डै ६५ देखि ७० रुपैयाँ त कर मात्रै लिने गरेको छ। आन्दोलनको उद्देश्य सरकारसँग घाटामा पेट्रोल माग्नु नभई, संकटको घडीमा लगाइएका अनावश्यक करहरू हटाउन दबाब दिनु रहेको ढुगानाको भनाइ छ । यस ¥यालीको मुख्य विशेषता सहभागीहरूले मोटरसाइकल चढेर होइन, बरु आफ्ना सवारी साधन हातले तानेर वा दोहो¥याएर गन्तव्यसम्म पुग्ने र सरकारको ध्यानाकर्षण गराउने रहेको छ ।