विपक्षीको अवरोधपछि जेठ २५ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

२०८३ जेठ १९ मंगलबार १७:२३:०० मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज (मंगलबार) पनि विपक्षी दलहरूले अवरोध गरेका छन् । मंगलबार बसेको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य सार्वजनिक गर्नुपर्ने माग गर्दै नाराबाजीसहित अवरोध गरेका हुन् । उनीहरूले प्रधानमन्त्रीले बिना तथ्य अभिव्यक्ति दिएको भन्दै माफी माग्नुपर्ने अडानसमेत राखेका छन् ।

 

बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढिरहँदा पनि विपक्षी सांसदहरूले अवरोध जारी राखेपछि बैठक सञ्चालन हुन सकेन । अवरोधका कारण बैठक जेठ २५ गतेसम्मका लागि स्थगित गरिएको छ ।