जगदिश्वर उपाध्याय बने नवलपुरका नयाँ सीडीओ
नवलपुर । नवलपुर जिल्लाको प्रशासनिक नेतृत्वमा परिवर्तन भएको छ। जिल्ला प्रशासन कार्यालय नवलपुरमा कार्यरत प्रमुख जिल्ला अधिकारी (सीडीओ) भविश्वर पाण्डेको जिल्ला प्रशासन कार्यालय पाल्पामा सरुवा भएको छ । गृह मन्त्रालयले यही जेठ १३ र २२ गते गरेको १८ जना सहसचिवहरूको सरुवा तथा पदस्थापनको निर्णयअनुसार पाण्डेको पाल्पा सरुवा भएको हो ।
पाण्डे पाल्पा प्रस्थान गरेसँगै नवलपुरको नयाँ कमान्ड सम्हाल्न सहसचिव जगदिश्वर उपाध्याय आउनु हुनुभएको छ । नयाँ सीडीओका रूपमा आउन लाग्नुभएका उपाध्याय यसअघि जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रमुख जिल्ला अधिकारीकै रूपमा कार्यरत हुनुहुन्थ्यो । गृह मन्त्रालयले स्थानीय प्रशासनलाई थप गतिशील र प्रभावकारी बनाउन देशभरका १२ जिल्लामा प्रमुख जिल्ला अधिकारी फेर्ने क्रममा नवलपुरमा पनि नयाँ नेतृत्व पठाएको हो ।