ग्लोबल आईएमई बैंक र क्लीनअप नेपालद्वारा गैँडाकोट नगरपालिकालाई डस्टबिन सहयोग

२०८३ जेठ २२ शुक्रबार १९:०१:०० मा प्रकाशित

गैंडाकोट । ग्लोबल आईएमई बैंक लिमिटेडको मुख्य वित्तीय सहयोग र क्लीनअप नेपालको कार्यान्वयनमा सञ्चालित ‘ग्लोबल ग्रीन स्कुल प्रोग्राम’ अन्तर्गत गैँडाकोट नगरपालिकालाई तीन थान मेटल डस्टबिन  सहयोग स्वरूप प्रदान गरिएको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व  अन्तर्गत सो परियोजनालाई आर्थिक सहयोग नगरपालिकालाई हस्तान्तरण गरिएको हो  ।


कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले वातावरणीय स्वच्छताका लागि स्कुल तहदेखि नै सञ्चालित यस्ता कार्यक्रम र प्राप्त सहयोगले नगरको फोहोर व्यवस्थापनमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। 


त्यस्तै, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले सार्वजनिक स्थलहरूलाई स्वच्छ राख्न बैंक र संस्थाको यो संयुक्त प्रयास प्रशंसनीय रहेको बताउनुभयो।


यसैगरी, परियोजना कार्यान्वयन गरिरहेको संस्था क्लीनअप नेपालका परियोजना प्रमुख करुणा थापाले विद्यालय केन्द्रित यस कार्यक्रमले विद्यार्थी मात्र नभई स्थानीय तह र समुदायलाई समेत पर्यावरण संरक्षणमा जोड्ने लक्ष्य राखेको बताउनुभयो। सो अवसरमा हस्तान्तरण गरिएका डस्टबिनहरू नगरपालिका परिसर तथा बढी फोहोर संकलन हुने सार्वजनिक क्षेत्रहरूमा राखिने बताइएको छ।