नवलपुर जिल्ला तेक्वान्दो संघको नवौँ वार्षिक साधारण सभा सम्पन्न
नवलपुर । नवलपुर जिल्ला तेक्वान्दो संघको नवौँ वार्षिक साधारणसभा आइतबार रजहरमा सम्पन्न भएको छ। साधारण सभामा संघले वर्षभरि सञ्चालन गरेका गतिविधि, आगामी योजना तथा खेलकुद क्षेत्रको विकासका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा जिल्लाका तेक्वान्दो खेलाडी, प्रशिक्षक तथा कोच गरी ११ जनालाई सम्मान गरिएको थियो। संघले तेक्वान्दो खेलको विकास, खेलाडी उत्पादन तथा प्रशिक्षणलाई निरन्तरता दिँदै आएको जनाएको छ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतबहादुर पुनले खेलकुद क्षेत्रको विकासका लागि खेलाडी, प्रशिक्षक र सम्बन्धित संघसंस्थाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले खेलाडीको क्षमता विकाससँगै उनीहरूलाई आवश्यक अवसर र प्रोत्साहन उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो।
त्यस्तै, जिल्ला खेलकुद विकास समिति नवलपुरका जिल्ला सचिव निरज गौतमले तेक्वान्दोले जिल्लाको खेलकुद विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गर्दै खेलाडीको निरन्तरता र प्रशिक्षणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।
नवलपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष भुमीश्वर भुसाल (राजु)ले संघले वर्षभरि खेलाडीको क्षमता अभिवृद्धि, प्रशिक्षण तथा विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले आगामी दिनमा तेक्वान्दो खेललाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै नयाँ प्रतिभालाई अवसर दिने योजना रहेको जानकारी दिनुभयो।
साधारण सभामा संघका सचिव विष्णु महतोले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष नवीन गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। अध्यक्ष भुसालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन, सचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन साधारण सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ।
.png)
कार्यक्रममा संघका उपाध्यक्ष इन्द्रबहादुर राना मगरले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सहजीकरण जिल्ला सचिव विष्णु महतोले गर्नुभएको थियो।
साधारण सभामा संघका कार्यसमिति सदस्य, डोजा∙ प्रमुख, खेलाडी, प्रशिक्षक तथा तेक्वान्दो क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको उपस्थिति रहेको थियो।
नवलपुर जिल्ला तेक्वान्दो संघले जिल्लामा तेक्वान्दो खेलको प्रवद्र्धनसँगै खेलाडी तथा प्रशिक्षकको क्षमता विकासका लागि वर्षभरि विभिन्न प्रशिक्षण, प्रतियोगिता तथा सम्मानलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।