विकू : विश्वास, सेवा र सामाजिक रूपान्तरणको अविराम यात्रा

२०८३ भदौ ४ बिहीबार १४:१२:०० मा प्रकाशित



आज गैँडाकोटलाई हेर्दा समृद्धिको उज्यालो देखिन्छ, तर यो उज्यालोको जगमा विगतका अनेक संघर्ष, अभाव र त्यागका कथा लुकेका छन् । कुनै समय यहाँको अवस्था यस्तो थियो कि “खाऊँ त मकै, नखाऊँ त मकै” भन्ने भनाइले जनजीवनको वास्तविक चित्र प्रस्तुत गथ्र्यो । खेतबारीमा मकै फल्थ्यो, तर घरमा नगद पैसा विरलै देखिन्थ्यो । पैसा भनेको शिक्षक, व्यापारी र लाहुरेहरूको घरमा मात्र हुने वस्तु जस्तै थियो । सामान्य किसानका लागि पैसा आवश्यक पर्दा खोजेर पनि सजिलै भेटिँदैनथ्यो ।

त्यही अभावको समयमा भविष्यप्रति आशा बोकेका २६ जना व्यक्ति एक ठाउँमा बसे । उनीहरूसँग ठूलो पुँजी थिएन, बैंकको पहुँच थिएन, कुनै धनी संरक्षक पनि थिएन । थियो त केवल आफ्ना सन्तानलाई राम्रो भविष्य दिन सकिने विश्वास र एकअर्काप्रतिको भरोसा। उनीहरूले भने— “दिनको पचास पैसा बचाऔँ, दुई दिनमा एक कप चियाको खर्च कम गरौँ।” सुन्दा सामान्य लाग्ने यो निर्णय त्यतिबेला उनीहरूका लागि ठूलो त्याग थियो । किनकि त्यो पचास पैसा केवल पैसा थिएन, त्यो उनीहरूको पसिनाको मूल्य थियो, दुःखको कमाइ थियो अनि भोलीको आशा थियो।

महिनाको पन्ध्र रुपैयाँका दरले जम्मा गरिएको त्यो सानो बचत वास्तवमा रकमभन्दा धेरै ठूलो सपना थियो । प्रत्येक रुपैयाँसँग एउटा परिवारको आशा जोडिएको थियो । प्रत्येक बचतमा छोराछोरीको शिक्षाको सपना थियो । प्रत्येक योगदानमा अभावमुक्त जीवनको चाहना थियो ।

सायद त्यतिबेला कसैले कल्पना पनि गरेको थिएन होला कि दिनको पचास पैसा बचाएर सुरु गरिएको त्यो अभियान एक दिन हजारौँ मानिसहरूको जीवन परिवर्तन गर्ने आधार बन्नेछ । तर इतिहास यस्तै त्याग, विश्वास र एकताले लेखिन्छ । आज जब संस्थाको उन्नति, उपलब्धि र विस्तारलाई हेर्छौँ, तब ती २६ जना संस्थापक सदस्यहरूको सम्झनाले मन भावुक हुन्छ । उनीहरूले केवल एउटा संस्था स्थापना गरेका थिएनन्, उनीहरूले अभावसँग लड्ने साहस, एकताको शक्ति र आत्मनिर्भरताको संस्कार रोपेका थिए ।

आजको पुस्ताले संस्थाको सफलता देख्छ, तर त्यस सफलताको जरा ती हातहरूमा गाडिएको छ, जसले आफ्ना आवश्यकता थोरै घटाएर सामूहिक भविष्यका लागि बचत गरेका थिए। ती पचास पैसाका सिक्काहरू सायद आज आर्थिक हिसाबले साना देखिएलान्, तर तिनको मूल्य कुनै पनि ठूलो पुँजीभन्दा कम थिएन । किनकि तिनले आशा जगाएका थिए, विश्वास जन्माएका थिए र एउटा गाउँको भाग्य बदल्ने यात्रा सुरु गरेका थिए ।

त्यसैले गैँडाकोटको यो कथा केवल सहकारीको कथा होइन, यो संघर्षमाथिको विजयको कथा हो । यो अभावबाट सम्भावनासम्मको यात्रा हो । यो त्याग, विश्वास र सामूहिक सपनाले इतिहास बदल्न सक्छ भन्ने जीवित प्रमाण हो ।

सहकारी : सामाजिक रूपान्तरणको आन्दोलन

“सहकारी भनेको केवल बचत र ऋणको कारोबार होइन, यो मानव जीवनलाई गर्भदेखि स्वर्गसम्म जोड्ने सामाजिक आन्दोलन हो।”

नेपालको सहकारी आन्दोलनमा केही संस्थाहरू यस्ता छन्, जसले आफ्नो वित्तीय सफलताभन्दा बढी सामाजिक प्रभावका कारण विशिष्ट पहिचान निर्माण गरेका छन् । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेड त्यस्तै संस्थामध्ये एक अग्रणी संस्था हो । वि.सं. २०४८ सालमा स्थापित विकूले आज साढे तीन दशकभन्दा बढीको यात्रामा आर्थिक संस्था मात्र नभई सामाजिक रूपान्तरणको अभियान, वित्तीय साक्षरताको विद्यालय, उद्यमशीलताको केन्द्र, प्रविधिमैत्री सुशासनको नमुना र समुदायको भरोसाको परिवारका रूपमा आफूलाई स्थापित गरेको छ ।

आज संस्थामा १ लाख ३२ हजारभन्दा बढी सदस्य, १७ हजार नाबालक सदस्य, २४ वटा शाखा कार्यालय, १२ अर्ब रुपैयाँभन्दा बढी कुल सम्पत्ति, ९ अर्ब ७० करोड रुपैयाँ निक्षेप र करिब ९ अर्ब ७० करोड रुपैयाँ ऋण लगानी रहेको अवस्था आफैँमा संस्थाको सफलताको परिचायक हो । तर विकुको वास्तविक शक्ति यी अंकहरूमा मात्र सीमित छैन । यसको वास्तविक शक्ति सदस्यहरूको विश्वास, सामाजिक उत्तरदायित्व र मानव केन्द्रित सेवामा निहित छ ।

१. साढे तीन दशकभन्दा लामो यात्रा : विश्वास, सुशासन, प्रविधि र सामाजिक रूपान्तरणको अनुपम गाथा

“जब समाजका साधारण मानिसहरू असाधारण विश्वासका साथ एउटै लक्ष्यमा जोडिन्छन्, तब इतिहास निर्माण हुन्छ।”
नेपालको सहकारी आन्दोलनको इतिहास केलाउँदा केही यस्ता संस्था भेटिन्छन्, जसले केवल आर्थिक कारोबारको सीमा पार गरेर समाजको जीवनशैली, सोच, संस्कार र भविष्यलाई प्रभावित गरेका छन् । विकु बचत तथा ऋण सहकारी संस्था लिमिटेड त्यस्तै संस्थामध्ये एक हो । वि.सं. २०४८ सालमा स्थापित यस संस्थाले साढे तीन दशकभन्दा बढी अवधिमा आर्थिक सेवा प्रदायक संस्थाको भूमिकाभन्दा माथि उठेर सामाजिक रूपान्तरणको अभियान, वित्तीय साक्षरताको विद्यालय, उद्यमशीलताको प्रेरणा केन्द्र, सुशासनको नमुना र समुदायको भरोसाको संस्थाका रूपमा आफ्नो विशिष्ट पहिचान निर्माण गरेको छ ।

आज जब हामी विकूकोे गौरवपूर्ण यात्रालाई फर्केर हेर्छौँ, तब यो केवल संस्थागत वृद्धिको कथा मात्र देखिँदैन । यहाँ हजारौँ परिवारको जीवन परिवर्तनको कथा छ । यहाँ संघर्षबाट सम्भावना निर्माण गर्ने साहसको कथा छ । यहाँ सानो बचतलाई ठूलो सपनामा रूपान्तरण गर्ने अभियानको कथा छ ।

२. सहकारिताको बीउबाट समृद्धिको वृक्ष

वि.सं. २०४८ सालको नेपाल आजको नेपालजस्तो थिएन । वित्तीय पहुँच सीमित थियो, ग्रामीण समुदायमा बैंकिङ सेवाको विस्तार न्यून थियो, आर्थिक अवसरहरू सीमित थिए र वित्तीय साक्षरताको अवस्था निकै कमजोर थियो । त्यस्तो अवस्थामा केही दूरदर्शी व्यक्तिहरूले सामूहिक प्रयास, पारस्परिक सहयोग र आत्मनिर्भरताको भावनालाई आधार बनाएर विकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना गरे ।

सुरुआतमा संकलन भएका साना बचतहरू रकमका हिसाबले साना थिए, तर तिनमा समेटिएको विश्वास विशाल थियो । सदस्यहरूको त्यही विश्वास, नियमित बचत, अनुशासित व्यवस्थापन र दूरदर्शी नेतृत्वले आज संस्थालाई अर्बौँ रुपैयाँको वित्तीय संरचनामा पु¥याएको छ । 

तर विकुको वास्तविक उपलब्धि वित्तीय आकारमा मात्र छैन । यसको सबैभन्दा ठूलो उपलब्धि भनेको आर्थिक रूपमा कमजोर मानिसलाई आत्मविश्वासी बनाउनु, अवसरबाट वञ्चित व्यक्तिलाई आर्थिक मूलधारमा ल्याउनु र बचत तथा लगानीको संस्कार विकास गर्नु हो ।

३. वित्तीय साक्षरता : परिवर्तनको आधारशिला

विश्व बैंक र विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाएका छन् कि वित्तीय पहुँचभन्दा पनि वित्तीय ज्ञानको अभाव गरिबीको एउटा प्रमुख कारण हो । पैसा कमाउने क्षमता र पैसा व्यवस्थापन गर्ने क्षमताबीच ठूलो अन्तर हुन्छ । विकुले यही यथार्थलाई समयमै पहिचान ग¥यो संस्थाले सदस्यहरूलाई केवल ऋण र बचतको सेवा उपलब्ध गराएन, आर्थिक जीवन कसरी व्यवस्थित गर्ने भन्ने शिक्षा पनि दियो । बचत किन आवश्यक छ ? ऋण कहाँ र कसरी प्रयोग गर्ने ? व्यवसायमा लगानी गर्दा के कुरामा ध्यान दिने ? परिवारको बजेट कसरी बनाउने ? भविष्यका लागि आर्थिक योजना कसरी तयार गर्ने ? यस्ता विषयमा संस्थाले निरन्तर सचेतना र प्रशिक्षणका कार्यक्रम सञ्चालन ग¥यो ।


वित्तीय साक्षरता अभियानले धेरै परिवारको जीवनशैली नै परिवर्तन गरिदियो । अनियन्त्रित खर्च घट्यो, बचत गर्ने बानी बढ्यो, उत्पादनशील क्षेत्रमा लगानी गर्ने सोच विकसित भयो र आर्थिक निर्णयहरू बढी योजनाबद्ध बन्न थाले ।


४. उद्यमशीलताको विद्यालय
सहकारीको सफलता केवल बचत बढ्नुमा छैन त्यो बचतलाई उत्पादन र समृद्धिसँग जोड्नुमा छ । विकूले आफ्ना सदस्यहरूलाई उपभोगमुखी ऋणभन्दा उत्पादनमुखी लगानीतर्फ प्रेरित ग¥यो ।

कृषि, पशुपालन, डेरी, कुखुरापालन, खुद्रा व्यापार, साना उद्योग, सेवा क्षेत्र र आधुनिक उद्यमहरूमा लगानी प्रवाह गर्दै संस्थाले हजारौँ सदस्यलाई स्वरोजगार र उद्यमशीलताको मार्गमा अग्रसर गरायो । धेरै सदस्यहरूले सानो ऋणबाट सुरु गरेको व्यवसाय आज सफल उद्यममा परिणत भएको छ । कतिपयले रोजगारी खोज्ने अवस्थाबाट अरूलाई रोजगारी दिने अवस्थामा आफूलाई स्थापित गरेका छन् । यही परिवर्तन सहकारी आन्दोलनको वास्तविक सफलता हो ।

५. द्वन्द्वकालमा आशाको दीप

नेपालले एक दशक लामो सशस्त्र द्वन्द्वको पीडा भोग्यो । त्यो समय केवल राजनीतिक संकटकोे समय थिएन । आर्थिक गतिविधि, सामाजिक सम्बन्ध र विकासका प्रक्रियाहरू पनि प्रभावित भएका थिए ।

यस्तो कठिन परिस्थितिमा विकूले आफ्ना सदस्यहरूको विश्वासलाई जोगाइराख्यो । अनिश्चितता र त्रासको वातावरणमा पनि संस्थाले सेवा प्रवाहलाई निरन्तरता दिने प्रयास ग¥यो ।  सदस्यहरूको बचतको सुरक्षा, आर्थिक कारोबारको व्यवस्थापन र संस्थाप्रतिको भरोसा कायम राख्नु त्यतिबेलाको ठूलो उपलब्धि थियो । द्वन्द्वको समयमा पनि सहकारिताको भावना जीवित राख्न सफल हुनु विकुको संस्थागत सामथ्र्य र नेतृत्वको प्रमाण हो ।

६. कोभिड–१९ महामारीमा सहारा

विश्वव्यापी कोभिड–१९ महामारी मानव इतिहासकै ठूलो संकटमध्ये एक थियो । लाखौँ मानिसको जीवन प्रभावित भयो । व्यवसाय बन्द भए । आयआर्जनका स्रोतहरू रोकिए । अनिश्चितता र निराशाको वातावरण सिर्जना भयो ।

यस्तो अवस्थामा विकुले सदस्यहरूलाई केवल वित्तीय दृष्टिले मात्र होइन, मानवीय दृष्टिले पनि साथ दियो । ऋण पुनर्तालिकीकरण, भुक्तानीमा सहजीकरण, व्यवसाय पुनस्र्थापनाका प्रयास, स्वास्थ्य सचेतना अभियान तथा आवश्यक सहयोगमार्फत संस्थाले सदस्यहरूलाई संकट पार गर्न सहयोग पु¥यायो । 

संकटका समयमा विकुले “सहकारी भनेको परिवार हो” भन्ने भावनालाई व्यवहारमा उता¥यो ।

७. सुशासन :  सफलताको अदृश्य शक्ति

कुनै पनि संस्थाको दीर्घकालीन सफलताको आधार सुशासन हो । पारदर्शिता, उत्तरदायित्व, विधिको पालना, जोखिम व्यवस्थापन र नैतिक नेतृत्वबिना दिगो विकास सम्भव हुँदैन । विकुले सुरुदेखि नै सुशासनलाई संस्थागत संस्कृतिका रूपमा विकास गरेको छ । नियमित लेखापरीक्षण, सदस्यप्रति जवाफदेहिता, आन्तरिक नियन्त्रण प्रणाली, जोखिम मूल्याकंन तथा स्पष्ट नीतिगत व्यवस्थाले संस्थालाई विश्वसनीय बनाएको छ । सहकारी क्षेत्रमा चुनौतीहरू देखिएका समयमा पनि सदस्यहरूको विश्वास कायम रहनुको एउटा प्रमुख कारण यही सुशासन हो । 

८. प्रविधि : भविष्यसँगको सहयात्रा

आजको युग डिजिटल रूपान्तरणको युग हो । समय, गति, सुरक्षा र पारदर्शिता सबै प्रविधिसँग जोडिएका छन् । विकुले पनि समयको मागलाई बुझ्दै प्रविधिमैत्री व्यवस्थापन प्रणाली अवलम्बन गरेको छ ।  डिजिटल अभिलेख, कम्प्युटराइज्ड वित्तीय प्रणाली, सदस्य सूचना व्यवस्थापन, विद्युतीय रिपोर्टिङ तथा आधुनिक व्यवस्थापन प्रणालीले संस्थाको कार्यक्षमता बढाएको छ। प्रविधिले सदस्यलाई छिटो, सुरक्षित र सहज सेवा उपलब्ध गराउन मद्दत गरेको छ। यसले संस्थाको आन्तरिक व्यवस्थापनलाई थप प्रभावकारी र पारदर्शी बनाएको छ । प्रविधि र सुशासनको समन्वयले संस्थागत उत्कृष्टता निर्माण गर्छ । डिजिटल प्रणालीमार्फत तथ्यमा आधारित निर्णय, वित्तीय निगरानी, जोखिम विश्लेषण र पारदर्शी सूचना प्रवाह सम्भव भएको छ । विकुले प्रविधिलाई केवल उपकरणका रूपमा होइन, सुशासनको माध्यमका रूपमा प्रयोग गरिरहेको छ। यसले संस्थालाई भविष्यका चुनौती सामना गर्न थप सक्षम बनाएको छ ।

९. ह्याप्पी एन्ड हेल्दी सदस्य : नयाँ सोच, नयाँ दिशा

समृद्धिको अर्थ केवल बैंक खातामा रहेको रकमले निर्धारण गर्दैन । स्वस्थ शरीर, सन्तुलित मन, सुरक्षित परिवार र सम्मानित जीवन पनि समृद्धिका महत्वपूर्ण आधार हुन् । विकुले सदस्य केन्द्रित विकासको अवधारणाअन्तर्गत “ह्याप्पी एन्ड हेल्दी सदस्य” अभियानलाई विशेष महत्त्व दिएको छ । स्वास्थ्य सचेतना, स्वास्थ्य परीक्षण, मानसिक स्वास्थ्य जागरण, स्वस्थ जीवनशैली प्रवद्र्धन तथा सदस्य कल्याण कार्यक्रमहरूले सदस्यहरूको जीवनस्तर सुधार गर्न योगदान पु¥याएका छन् ।  

आर्थिक समृद्धिसँगै सामाजिक र स्वास्थ्य समृद्धिलाई जोड्ने यो दृष्टिकोण सहकारी क्षेत्रका लागि पनि अनुकरणीय छ ।


१०. गर्भदेखि स्वर्गसम्म : जीवनचक्रमा आधारित सेवा

विकुको विशिष्ट पहिचानमध्ये एक हो—“गर्भदेखि स्वर्गसम्म”को अवधारणा। यो सदस्यको सम्पूर्ण जीवन यात्रासँग जोडिएको सेवा दर्शन हो ।

गर्भावस्था, जन्म, शिक्षा, सीप विकास, रोजगारी, उद्यम, स्वास्थ्य, सामाजिक सुरक्षा, वृद्धावस्था र अन्तिम संस्कारसम्म सदस्यको जीवनका विभिन्न चरणमा आवश्यक सहयोग उपलब्ध गराउने सोचले सहकारीलाई मानवीय संस्थाका रूपमा स्थापित गरेको छ ।

यस अवधारणाले सदस्य र संस्थाबीचको सम्बन्धलाई कारोबारमा सीमित नराखी भावनात्मक, सामाजिक र जीवनपर्यन्त सम्बन्धमा रूपान्तरण गरेको छ ।

विकुको वास्तविक शक्ति यसको सामाजिक प्रभावमा निहित छ । संस्थाले बचत संस्कृतिको विकास, महिला सशक्तीकरण, युवा नेतृत्व निर्माण, सामाजिक उत्तरदायित्व, सामुदायिक विकास र सहकार्यको संस्कार विस्तारमा उल्लेखनीय योगदान पु¥याएको छ ।

आज हजारौँ परिवार आर्थिक रूपमा व्यवस्थित भएका छन् । हजारौँ युवा उद्यमशील बनेका छन्। हजारौँ महिलाहरू आर्थिक निर्णय प्रक्रियामा सहभागी भएका छन्। यही परिवर्तन विकुको सबैभन्दा ठूलो उपलब्धि हो ।

११. गर्भवती महिलालाई पोषण

हाम्रो समाजमा महिलालाई सधैँ सम्मानका कुरा गरिन्छ । तर व्यवहारमा हेर्दा, गर्भवती भएपछि पनि उनी आफ्नै आवश्यकताभन्दा परिवारका अरू सदस्यको आवश्यकता पूरा गर्न व्यस्त हुन्छिन् । सबैलाई खुवाएपछि बाँकी बचेको खाना खाने संस्कार अझै धेरै घरमा जीवित छ ।

एकातिर विकुले गर्भवती महिलाको स्वास्थ्यका लागि पोषणयुक्त अण्डा वितरण गरिरहेको छ । गर्भवती महिला केवल एक व्यक्ति होइनन् उनी भविष्य जन्माइरहेकी आमा हुन् । उनको शरीरमा हुर्किरहेको जीवनलाई पोषण चाहिन्छ, माया चाहिन्छ, सम्मान चाहिन्छ ।

यदि हामी स्वस्थ सन्तान, स्वस्थ परिवार र समृद्ध समाजको सपना देख्छौँ भने, सबैभन्दा पहिले आमाको थाल भरिनुपर्छ र उनको अधिकारलाई सम्मान गर्नुपर्छ ।

समाज बदलिँदै छ, तर सोच अझै पूर्ण रूपमा बदलिएको छैन । अब समय आएको छ—गर्भवती महिलालाई दया होइन, अधिकारका रूपमा पोषण दिने; परम्परागत भ्रम होइन, वैज्ञानिक ज्ञानमा विश्वास गर्ने । किनकि स्वस्थ आमा नै स्वस्थ भविष्यको पहिलो आधार हुन् ।

१२. शिशु दर्शन : एउटा नवजात शिशुको मुस्कानसँग जोडिएको विकुको माया

नयाँ जीवनको आगमन केवल एउटा परिवारको खुसी होइन, समाजकै नयाँ आशा हो । यही विश्वासका साथ विकुले नवजात शिशुलाई न्यानो कपडा, टोपी, घिउ र रु. १,००० सहित स्वागत गर्दै, जन्मकै क्षणदेखि आफ्नै सदस्यका रूपमा अँगाल्ने परम्परालाई निरन्तरता दिँदै आएको छ ।

यो केवल उपहार दिने कार्यक्रम होइन । यो एउटा सन्देश हो—“तिमी जन्मिएको पहिलो दिनदेखि नै हाम्रो परिवारको सदस्य हौ।”

नवजात शिशुको नाममा सदस्यता खोलिनु भनेको उसको उज्ज्वल भविष्यप्रति समाजको सामूहिक प्रतिबद्धता हो । एउटा सानो टोपीले न्यानोपन दिन्छ, घिउले स्वास्थ्यको कामना गर्छ, रु. १,००० ले भविष्यतर्फको पहिलो पाइला चाल्छ, तर सबैभन्दा ठूलो उपहार भनेको विकूले दिएको अपनत्व र साथ हो । 

किनकि विकुका लागि सदस्य संख्या मात्र बढाउनु महत्त्वपूर्ण होइन, एउटा नयाँ जीवनसँग आजैदेखि सम्बन्ध जोड्नु अझ ठूलो कुरा हो।

१३. स्कुल–स्कुलमा विकु

बालबालिकामा बचत संस्कार विकास नगरी समृद्ध समाज निर्माण सम्भव हुँदैन । यही सोचका साथ संस्थाले “स्कुल–स्कुलमा विकु” कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

विद्यालय तहदेखि नै बचत, अनुशासन, आर्थिक जिम्मेवारी र सहकारिताको भावना विकास गराउने उद्देश्यले सञ्चालित यो कार्यक्रमले हजारौँ विद्यार्थीलाई वित्तीय शिक्षासँग जोडेको छ। आजका विद्यार्थीहरू भोलिका जिम्मेवार नागरिक र उद्यमी बन्ने आधार यही कार्यक्रमले तयार गरिरहेको छ ।

१४. युवाका लागि अवसर र भविष्य

नेपालको भविष्य युवा पुस्तामा निर्भर छ । त्यसैले विकुले युवाहरूलाई रोजगारी खोज्ने मात्र होइन, रोजगारी सिर्जना गर्ने दिशामा प्रेरित गरिरहेको छ ।

युवामैत्री ऋण कार्यक्रम, उद्यमशीलता प्रवद्र्धन, व्यवसाय परामर्श, सीप विकास तथा करियर काउन्सिलिङमार्फत संस्थाले युवाहरूलाई आत्मनिर्भर बन्न सहयोग गरिरहेको छ। धेरै युवा सदस्यहरू आज सफल व्यवसायी र उद्यमीका रूपमा स्थापित भएका छन् ।

१५. महिला सशक्तीकरण : समृद्ध परिवारको आधार

विकुले महिलालाई केवल सदस्यका रूपमा होइन, परिवर्तनका संवाहकका रूपमा हेरेको छ। सुत्केरी महिलाहरूलाई पोषण सहयोगस्वरूप अण्डा वितरण, स्वास्थ्य सचेतना कार्यक्रम, आर्थिक सशक्तीकरण तथा उद्यमशीलतासम्बन्धी कार्यक्रममार्फत महिलाहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको छ । महिलाको स्वास्थ्य, आत्मनिर्भरता र आर्थिक सहभागिताले परिवार र समाज दुवैलाई बलियो बनाउँछ भन्ने विश्वास विकुको कार्यदिशामा स्पष्ट देखिन्छ ।

१६. ज्येष्ठ नागरिकप्रति सम्मान

कुनै समाजको सभ्यता त्यसले आफ्ना ज्येष्ठ नागरिकलाई गर्ने सम्मानबाट मापन गरिन्छ ।  विकुले ज्येष्ठ नागरिकहरूलाई विशेष प्राथमिकतामा राख्दै विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन गर्दै आएको छ । विकुको टेक्ने लठ्ठी वितरण, घरमै पुगेर स्वास्थ्य परीक्षण तथा उपचार सेवा, सम्मान कार्यक्रम र सामाजिक सुरक्षासम्बन्धी गतिविधिहरूले ज्येष्ठ नागरिकहरूको जीवनलाई सहज र सम्मानजनक बनाउन योगदान पु¥याएका छन् । सदस्य वृद्ध भएपछि पनि संस्था उनको साथमा छ भन्ने अनुभूति दिलाउनु विकुको विशेषता हो ।

१७. मृतक राहत कोष

कुनै पनि परिवारले आफ्नो प्रिय सदस्य गुमाउँदा त्यो पीडाको मूल्य कुनै शब्दले व्यक्त गर्न सकिँदैन । त्यो अभाव कसैले पूरा गर्न पनि सक्दैन। तर दुःखका ती क्षणहरूमा कसैले काँधमा हात राखेर, “हामी तपाईंहरूसँगै छौँ” भनेर साथ दिनु नै सबैभन्दा ठूलो साहस बन्छ । यही भावनालाई आत्मसात् गर्दै संस्थाले दिवंगत सदस्यप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारलाई सानो राहतस्वरूप आर्थिक सहयोग प्रदान गर्दै आएको छ । यो सहयोग कुनै क्षतिको मूल्य होइन, बरु परिवारको दुःखमा हाम्रो आत्मीय सहभागिता, सहानुभूति र सामाजिक उत्तरदायित्वको प्रतीक हो ।
आर्थिक रूपमा कठिन अवस्थामा रहेको परिवारका लागि यो सानो सहयोगले केही राहत र केही आशाको अनुभूति दिलाओस् भन्ने हाम्रो विश्वास छ । हामी विश्वास गर्छौँ, मानिस शरीरले हामीबाट टाढिए पनि उसका असल कर्म, सम्झना र सम्बन्ध कहिल्यै मर्दैनन्। दिवंगत आत्माले स्वर्गलोकमा चिरशान्ति प्राप्त गरोस्, उहाँका अधुरा सपनाहरू परिवारका सदस्यहरूले पूरा गर्न सकून् र शोकमा डुबेको परिवारलाई यो पीडा सहने शक्ति प्राप्त होस् भन्ने हार्दिक कामना गर्दछौँ । यो त सदस्यहरूको सुखमा मुस्कुराउने, दुःखमा आँसु पुछ्ने, संकटमा हात समाउने र जीवनका हरेक मोडमा साथ दिने साझा परिवार हो । सदस्यप्रतिको यही आत्मीयता, यही मानवीय भावना र यही सामाजिक उत्तरदायित्वले सहकारीलाई साँच्चिकै “परिवार” बनाएको छ ।

१८. सेवाको अद्वितीय संस्कृति

विकुको सबैभन्दा विशिष्ट पहिचान यसको सेवा दर्शन हो— ध्भ ल्भखभच क्बथ ल्य” अर्थात् “हामी कहिल्यै हुँदैन भन्दैनौँ।”
यो केवल नारामात्र होइन, सदस्यप्रतिको प्रतिबद्धता हो। सदस्य समस्या लिएर संस्थामा आउँदा समाधान खोज्ने, विकल्प प्रदान गर्ने र आवश्यक सहयोग उपलब्ध गराउने संस्कार नै विकुको वास्तविक शक्ति हो ।

सदस्यको आवश्यकता, समस्या र अपेक्षालाई केन्द्रमा राखेर काम गर्ने यही संस्कृतिले विकुलाई लाखौँ सदस्यहरूको भरोसाको केन्द्र बनाएको छ ।

१९. भविष्यतर्फको यात्रा

विश्व परिवर्तन हुँदैछ । डिजिटल अर्थतन्त्र, कृत्रिम बुद्धिमत्ता, हरित अर्थतन्त्र, जलवायु परिवर्तन र नयाँ पुस्ताको सोचसँगै सहकारी क्षेत्रले पनि आफूलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता छ ।

युवा नेतृत्व विकास, डिजिटल सेवा विस्तार, हरित उद्यममा लगानी, वित्तीय नवप्रवर्तन, साइबर सुरक्षा, सहकारी शिक्षा तथा पारदर्शी संस्थागत शासन अब आगामी दशकका प्रमुख प्राथमिकता बन्नुपर्ने देखिन्छ। विकुले आफ्नो विगतको अनुभव र वर्तमानको संस्थागत क्षमताका आधारमा यी अवसरहरूलाई सफलतापूर्वक आत्मसात् गर्न सक्ने सम्भावना बलियो देखिन्छ।

निष्कर्ष : गौरवपूर्ण इतिहास, उज्ज्वल भविष्य

साढे तीन दशकभन्दा बढीको यात्रामा विकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक सेवा, सामाजिक उत्तरदायित्व, वित्तीय साक्षरता, उद्यमशीलता, सुशासन र प्रविधिमैत्री व्यवस्थापनका क्षेत्रमा स्थापित गरेको कीर्तिमान प्रेरणादायी छ।

विकुको यात्राले हामीलाई एउटा महत्त्वपूर्ण पाठ सिकाउँछ—विश्वास, अनुशासन, सुशासन, नवप्रवर्तन र सामूहिक प्रयासले असम्भव देखिने लक्ष्यहरू पनि सम्भव बनाउन सक्छ।

आज विकु केवल एउटा सहकारी संस्था होइन; यो हजारौँ सदस्यहरूको भरोसा, समुदायको आशा, समृद्धिको अभियान र उज्ज्वल भविष्यको प्रतीक बनेको छ। यही विश्वास, यही मूल्य र यही प्रतिबद्धताका साथ विकुको यात्रा आगामी दशकहरूमा अझ उचाइतर्फ अग्रसर रहनेछ।

यसको सफलता त्यो आमाको मुस्कानमा छ, जसले सुत्केरी अवस्थामा सहयोग पाएकी छिन्। त्यो विद्यार्थीको सपनामा छ, जसले विद्यालयमै बचतको संस्कार सिकेको छ। त्यो युवाको आत्मविश्वासमा छ, जसले आफ्नै व्यवसाय सुरु गरेको छ। त्यो ज्येष्ठ नागरिकको सम्मानमा छ, जसले संस्थाको साथ महसुस गरेको छ। र त्यो समुदायको विश्वासमा छ, जसले विकुलाई आफ्नो परिवार मानेको छ।

यही कारण विकु बचत तथा ऋण सहकारी संस्था लिमिटेड केवल एक सहकारी संस्था होइन; यो विश्वासको आन्दोलन, समृद्धिको अभियान र सामाजिक रूपान्तरणको जीवन्त उदाहरण हो।

भविष्यमा पनि ध्भ ल्भखभच क्बथ ल्य को मूल मन्त्र, सुशासनको आधार, प्रविधिको सहारा र मानवीय सेवाको भावनासहित विकुको यात्रा अझ उचाइतर्फ जानेछ भन्दै ३६ औँ वार्षिकोत्सवको हार्दिक शुभकामना ।