नेपाली कम्युनिष्ट पार्टी गैँडाकोट ८ द्वारा राहत वितरण
नवलपरासी पूर्व । नेपाली कम्युनिष्ट पार्टी वडा कमिटि गैँडाकोट ८ ले विपद्ले क्षति पुर्याएको परिवारलाई खाद्य सामग्री सहयोग गरेको छ । स्थानीय गोपाल परियारको निवासमा खाद्य सामग्री वितरण गरिएको वडा कमिटि सचिव फूलबहादुर लामाले जानकारी दिनुभएको छ ।
केही दिन अघि वर्षाको कारण गोपाल परियारको घर पर्खालमा क्षति पुगेको थियो । वडा इन्चार्ज दुर्गाजित कुँवर, वडा पार्टी कमिटि अध्यक्ष छविलाल सुवेदी, चन्द्रप्रसाद आचार्य, दुर्गाबहादुर राना, ठाकुरप्रसाद अर्याल, प्रविन परियार, भीम परियारले सहयोग प्रदान गर्नुभएको वडा सचिव फूलबहादुर लामाले जानकारी दिनुभएको छ ।