पठन संस्कृति अभियानको २१ औँ शृङखला भोली विजय विकास स्रोत केन्द्रमा हुँदै, मुख्य वक्तको रुपमा साहित्यकार गायत्री श्रेष्ठ आउँदै ।
सामुदायिक रेडियो विजय एफएमको आयोजनामा सञ्चालन हुँदै आएको पठन संस्कृति अभियानको २१औँ शृङ्खलामा साहित्यकार गायत्री श्रेष्ठ सहभागी हुनुहुने भएको छ । इलाममा जन्मिनुभएकी श्रेष्ठ लामो समयदेखि चितवनमा रहेर नेपाली साहित्यमा योगदान दिँदै आउनुभएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सेवा निवृत्त सहप्राध्यापक श्रेष्ठले समालोचना, कथा, कविता, गीत, नियात्रा तथा शैक्षिक र सांस्कृतिक लेखनमा कलम चलाउँदै आउनुभएको छ । उहाँका विभिन्न समालोचनात्मक कृति, गीतसंग्रह र नियात्रासंग्रह प्रकाशित छन् ।
साहित्य क्षेत्रमा योगदान पु¥याएबापत श्रेष्ठले विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गर्नुभएको छ । विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाका अध्यक्ष त्रिलोचन सापकोटाका अनुसार पठन संस्कृति विकास र पाठक–स्रष्टाबीच सम्बन्ध विस्तार गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।
कार्यक्रम श्रावण ३० गते शनिबार बिहान ११ बजे विजय विकास स्रोत केन्द्रमा हुनेछ ।