भरतपुरमा विजयी उम्मेदवारहरु (विवरणसहित)

२०७९ जेठ १० मंगलबार १३:३१:०० मा प्रकाशित

भरतपुर । स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिकाको २९ वटै वडाको मतगणना सकिएको छ । अन्तिम मतपरिणाम अनुसार भरतपुरमा नेपाली कांग्रेस ठूलो पार्टी बनेको छ । भरतपुरमा गठबन्धनको सबैभन्दा बढी फाईदा कांग्रेसलाई नै भएको छ । कांग्रेसले उपमेयरसहित १६ वडाध्यक्ष जितेको छ ।
भरतपुरका २९ वडा मध्ये कांग्रेसले १, २, ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३, २७ र २९ नम्बर वडाको वडाध्यक्ष पद हासिल गरेको छ । एमालेको गढ भनिएका केही वडा जित्दा आफ्नो केही वडा भने कांग्रेसले गुमाएको छ ।
मेयर उपमेयरमा दुबैमा पराजित भए पनि एमाले भरतपुरको दोस्रो ठूलो पार्टी बनेको छ । एमालेले ३, ११, १२, १८, १९ र २८ गरी ६ वडामा वडाध्यक्ष जितेको छ ।
मेयर जितेको नेकपा माओवादी केन्द्र तेस्रो ठूलो पार्टी बनेको छ । माओवादी केन्द्रले मेयरसहित तीन वडामा वडाध्यक्ष जितेको छ । माओवादी केन्द्रले १३, २४ र २६ गरी तीन वडामा वडाध्यक्ष जितेको हो ।
नेकपा एकीकृत समाजवादी पनि तीन वडामा विजयी भएको छ । वडा नम्बर ७, ९ र २२ मा एकीकृत समाजवादीले वडाध्यक्ष जितेको हो । भरतपुर २५ मा स्वतन्त्र उम्मेदवार छबिलाल सापकोटा विजयी भएका छन् ।
 

नवनिर्वाचित जनप्रतिनिधिहरु :–
 

मेयर – रेनु दाहाल (माओवादी केन्द्र)
उपमेयर – चित्रसेन अधिकारी (नेपाली कांग्रेस)
 

वडाध्यक्षहरु :–
वडा नम्बर १– केशव महर्जन (नेपाली कांग्रेस)
वडा नम्बर २ – मनोज रानाभाट (नेपाली कांग्रेस)
वडा नम्बर ३– विकास थापा (नेकपा एमाले)
वडा नम्बर ४– अर्पण पोख्रेल (नेपाली कांग्रेस)
वडा नम्बर ५– युद्धप्रसाद श्रेष्ठ (नेपाली कांग्रेस)
वडा नम्बर ६– कृष्णलाल श्रेष्ठ (नेपाली कांग्रेस)
वडा नम्बर ७– राजेन्द्रमणी काÇले (नेकपा एकीकृत समाजवादी)
वडा नम्बर ८– जीवनाथ कंडेल (नेपाली कांग्रेस)
वडा नम्बर ९– यमलाल कँडेल ( नेकपा एकीकृत समाजवादी)
वडा नम्बर १०– परमेश्वर खनाल (नेपाली कांग्रेस)
वडा नम्बर ११– कमलबहादुर मल्ल (नेकपा एमाले)
वडा नम्बर १२– लेखराज पन्त (नेकपा एमाले)
वडा नम्बर १३– प्रकाश दवाडी (माओवादी केन्द्र)
वडा नम्बर १४– राजेन्द्र साखी (नेपाली कांग्रेस)
वडा नम्बर १५– श्रीकृष्ण देवकोटा (नेपाली कांग्रेस)
वडा नम्बर १६– अमृतराज हमाल (नेपाली कांग्रेस)
वडा नम्बर १७– ललितमान तामाङ (नेपाली कांग्रेस)
वडा नम्बर १८– बाबुराम रानामगर (नेकपा एमाले)
वडा नम्बर १९– प्रकाश तामाङ (नेकपा एमाले)
वडा नम्बर २०– मुक्तिप्रसाद घले (नेपाली कांग्रेस)
वडा नम्बर २१– कृष्णकुमार गुरुङ (नेपाली कांग्रेस)
वडा नम्बर २२– विष्णु महत्तो (नेकपा एकीकृत समाजवादी)
वडा नम्बर २३– दीपक दवाडी (नेपाली कांग्रेस)
वडा नम्बर २४– रामप्रसाद गोदार (माओवादी केन्द्र)
वडा नम्बर २५– छविलाल सापकोटा (स्वतन्त्र)
वडा नम्बर २६– ज्ञानप्रसाद खनाल (माओवादी केन्द्र)
वडा नम्बर २७– रामबहादुर भण्डारी (नेपाली कांग्रेस)
वडा नम्बर २८– डण्डपाणि रिजाल (नेकपा एमाले)
वडा नम्बर २९– बहादुर गुरुङ (नेपाली कांग्रेस)