गैँडाकोटका २३ वटा विद्यालयले बुझाएनन्, विद्यालय सुधार योजना
गैँडाकोट । गैँडाकोटका अधिकांश विद्यालयहरूले विद्यालय सुधार योजना नबनाउने गरेको देखिएको छ । चालु शैक्षिक सत्रको श्रावण महिना चल्दै गर्दा समेत विद्यालयहरूले विद्यालय सुधार योजना अद्यावधिक गरेको देखिदैन । शैक्षिक सत्रको जेठ महिनाभित्र विद्यालय सुधार योजना बनाइसक्नु पर्ने वा अद्यावधिक गर्नुपर्ने व्यवस्था रहेको गैँडाकोट नगरपालिका शिक्षा शाखाका शाखा अधिकृत हेमचन्द्र पौडेलले बताउनुभयो । पौडेलका अनुसार विद्यालयहरूलाई विद्यालय सुधार योजना बनाउन सचेत गराइरहेको बताउनुभयो । पौडेलले भन्नुभयो “केही विद्यालयहरुले योजना बनाइरहनुभएको छ, केही विद्यालयले प्राविधिक सहयोग समेत माग्नुभएको छ ।”
विद्यालय सुधार योजना (एसआइपी) विद्यालयको शैक्षिक गुणस्तर सुधारमा केन्द्रित रही निर्माण गरिने योजना हो । विद्यालयले आवधिक रूपमा विद्यालय सुधार योजना तयार गरी समग्र व्यवस्थापन र सुधार कार्यहरू सञ्चालन गर्नुपर्ने नीतिगत व्यवस्था रहेको छ । शैक्षिक गुणस्तर सुधारका लागि राम्रो विद्यालय, राम्रो शिक्षण र राम्रो सिकाइको सुनिश्चतता गराउन विद्यालय सुधारको योजनाको आवश्यकता रहन्छ । अहिले विद्यालयहरूले निर्माण गरिरहनुभएको विद्यालय सुधार योजना भौतिक पूर्वाधारमा बढी केन्द्रीत हुने गरेको हुँदा यसलाई सच्याउँदै शैक्षिक सुधारका लागि आवश्यक क्रियाकलाप सहितका योजना निर्माणलाई प्राथमिकतामा राख्न जरुरी रहेको पौडेलले बताउनुभयो ।
पाँचवर्षका लागि विद्यालय सुधार योजना बनाएपछि प्रत्येक वर्ष त्यसको समिक्षा सहित अद्यावधिक गरेर प्रतिवेदन बनाउनु पर्दछ । यसमा विद्यालयहरुले चासो नदेखाएको शिक्षा शाखाका अधिकृत पौडेलले बताउनुभयो । गँैडाकोट शिक्षा शाखाका अनुसार गत वर्ष महेन्द्र स्मारक आधारभूत विद्यालय गँैडाकोट २, जनता आधारभूत विद्यालय गैँडाकोट ३, जनजागृति आधारभूत विद्यालय गैँडाकोट ३, मौलादेवि आधारभूत विद्यालय गैँडाकोट ३, पञ्चकन्या आधारभूत विद्यालय गँैडाकोट ३, सरस्वती आधारभूत विद्यालय गँैडाकोट ५, भाग्योदय आधारभूत विद्यालय गँैडाकोट ६, विजय आधारभूत विद्यालय गैँडाकोट ८, रत्नराज्य मावि गैँडाकोट १०, जनता मावि गैँडाकोट १२, विजयज्योती आधारभूत विद्यालय गैँडाकोट १४, अमरज्योती मा.वि. गैँडाकोट १७, त्रिशुली आधारभूत विद्यालय गँैडाकोट १८, वीरेन्द्र आधारभूत विद्यालय गँैडाकोट १८, जलदेवी आधारभूत विद्यालय गँैडाकोट १८ ले मात्र विद्यालय सुधार योजना पेश गरेका छन् । गैँडाकोटमा ३६ वटा सामुदायिक विद्यालयहरु रहेका छन् । जसमध्ये १५ वटा विद्यालयले मात्र विद्यालय सुधार योजना पालिकामा पेश गरेका छन् ।
गैँडाकोटका २३ वटा विद्यालयले बुझाएनन्, विद्यालय सुधार योजना
आर्थिक वर्ष २०७७/७८ को महालेखा परीक्षकको वार्षिक प्रतिवेदनका अनुसार गैँडाकोटका २३ वटा विद्यालयले विद्यालय सुधार योजना पेश नगरको जनाएको छ । विद्यालयले सुधार योजना बनाएको भए पेश गर्नु समस्या थिएन । विद्यालय सुधार योजना निर्माण नगर्ने र सो निर्माणका लागि राज्यबाट आएको रकम मात्र लिने प्रवृत्ति मौलाएको छ । विद्यालय सुधार योजनाका लागि आधारभूत तह प्रति विद्यालय वार्षिक १५ हजार र माध्यमिक तह प्रति विद्यालय वार्षिक २० हजार एकमुष्ट विद्यालयले अनुदान पाउने व्यवस्था रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा गैँडाकोटका १० वटा माध्यमिक विद्यालयलाई २ लाख र २६ वटा आधारभूत विद्यालयलाई ३ लाख ९० हजार गरी ५ लाख ९० हजार रकम निकासा भएको छ । सो वर्ष २३ वटा सामुदायिक विद्यालयले अनुदान प्राप्त गरेर पनि विद्यालय सुधार योजना पेश गरेका छैनन् । केही विद्यालयहरुबाट पछि विद्यालय सुधार योजना प्राप्त भएको शिक्षा शाखाले जनाएको छ । ढिलो गरी बनाइने विद्यालय सुधार योजनाको अर्थ नरहने भएकाले समयमै योजना निर्माण गरि बुझाउन शिक्षा शाखाका अधिकृत हेमचन्द्र पौडेलले बताउनुभयो । आर्थिक वर्ष २०७७÷७८ मा गैँडाकोटका ७ वटा माध्यमिक विद्यालयहरू र १६ वटा आधारभूत विद्यालयहरूले विद्यालय सुधार योजना पेश नगरेका हुन् । विद्यालय सुधार योजना पाँच वर्षका लागि हुने भएपनि प्रत्येक वर्ष हुने प्रगतिको समिक्षा समेतको प्रतिवेदन अद्यावधिक गर्नुपर्ने हुन्छ । अद्यावधिक प्रतिवेदन पेश नहुँदा गैँडाकोटका अधिकांश विद्यालयमा दिइएको अनुदान वेरुजु देखिएको हुन सक्ने शिक्षा शाखा अधिकृत पौडेलले बताउनुभयो ।
विद्यालय सुधार योजना बनाउन किन आवश्यक छ ?
विद्यालय सुधार योजना विद्यालयको आप्mनै पहलमा शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयलाई सहयोग गर्ने एउटा साधन हो । विद्यालय व्यवस्थापन समिति (विव्यस) को नेतृत्व र सबै सरोकारवालाहरूको सहयोग तथा सहभागितामा विद्यालयको शैक्षिक गुणस्तरमा जोड दिनुको साथै समग्र पक्षको सुधारमा केन्द्रित रही विद्यालय सुधार योजना तयार गर्नु पर्दछ । विद्यालय सुधार योजनाको प्रयोगबाट अभिभावक, समाजसेवी, शिक्षाप्रेमी, विद्यार्थी, शिक्षकलगायतका सरोकारवालाहरूको सव्रिmय सहभागिताको प्रवद्र्धन, गतिशील संलग्नता र अपनत्व वृद्धि गर्न सहयोग पुग्दछ ।
विद्यालय समुदायको महत्वपूर्ण सम्पत्ति भएकाले समुदायको सहयोगबाट मात्र यसको अपेक्षित विकास सम्भव छ भन्ने व्यवहारिक सिद्धान्तलाई यस योजना अभ्यासले आत्मसात गर्दछ । त्यसैले विद्यालय सुधार योजनामा सरकारबाट प्राप्त हुने अनुदानका अतिरिक्त विद्यालयको आन्तरिक स्रोत तथा सबै सहयोगी निकायसँगको समन्वय, साझेदारी र सहकार्यमा विद्यालयलाई प्राप्त हुने सहयोगबाट सम्पादन गर्न सकिने कार्यकलापहरूलाई समेत समावेश गर्नु पर्दछ । यसका साथै योजनामा बजेट बिना र कम बजेटमा गर्न सकिने कार्यकलापहरूमा विशेष जोड दिनु आवश्यक छ ।
विद्यालय सुधार योजना हिसाब फरफारक र योजना तथा अनुदान लिन माग्नका लागि मात्र होइन विद्यार्थीको शैक्षिक गुणस्तरको सुधारको लागि पनि महत्वपूर्ण पक्ष भएकोले समयमै योजना निर्माण र कार्यान्वयनमा विशेष जोड दिनुपर्ने पौडेलले बताउनुभयो ।
विद्यालय सुधार योजनामा कसको भूमिका हुनुपर्दछ
विद्यालय सुधार योजना निर्माण तथा कार्यान्वयनका लागि संस्थागत रूपमा “विद्यालय” र पदीयरूपमा “प्रधानाध्यापक” को प्रमुख जिम्मेवारी रहन्छ । यस योजना निर्माण गर्न विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक (प्रअ) को संयोजकत्वमा विद्यालय व्यवस्थापन समितिको प्रतिनिधि, शिक्षक अभिभावक सङ्घ (शिअस) को प्रतिनिधि, शिक्षाप्रेमी र शिक्षकको प्रतिनिधित्व हुनेगरी ५ जनासम्मको “विद्यालय सुधार योजना निर्माण कार्यदल” गठन गर्नुपर्छ । योजना निर्माण प्रव्रिmयामा विद्यालय सेवाक्षेत्रका सबै सरोकारवालाहरू (शिअस, विद्यार्थी, अभिभावक, स्थानीय समाजसेवी आदि) को सव्रिmय सहभागिता सुनिश्चित गर्नुपर्दछ ।