बाल विकास स्कुल अफ साइन्स एण्ड म्यानेजमेन्टमा अभिभावक दिवस

२०८२ मङ्सिर २७ शनिबार १८:५४:०० मा प्रकाशित

बाल विकास स्कुल अफ साइन्स एण्ड म्यानेजमेन्टले २६ औँ वार्षिकोत्सवको अवसरमा अभिभावक दिवस मनाएको छ। विद्यालय र अभिभावकबीचको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम आजदेखि सुरु भई २९ गते वार्षिकोत्सवको दिन समापन हुने विद्यालयले जनाएको छ।

 

विद्यालयका प्रधानाध्यापक दीपक रावतका अनुसार यसपटक तीन चरणमा विद्यार्थीहरूको प्रतिभा प्रस्तुत गर्ने गरी कार्यक्रम आयोजना गरिएको हो । आज नर्सरीदेखि कक्षा ३ सम्म, भोलि कक्षा ४ देखि ८ सम्म तथा २९ गते बाँकी विद्यार्थीहरूको प्रस्तुतीसँगै कार्यक्रम समापन हुनेछ ।

कार्यक्रममा राष्ट्रिय टे्डनर प्याब्सन गण्डकी प्रदेशका अध्यक्ष प्रकाश खनालले विद्यालयको शैक्षिक योगदानको प्रशंसा गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वराज लम्सालले विद्यार्थीहरूको सिर्जनशील क्षमता उजागर गर्न फरक ढङगले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

शिक्षक गिरिराज लम्सालले सहजीकरण गर्नुभएको कार्यक्रममा अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।