विजय एफएमका अध्यक्ष डा. चापागाईं कृष्णलाल स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित

२०७९ पौष १ शुक्रबार २०:१४:०० मा प्रकाशित


गँैडाकोट । विजय एफएमका अध्यक्ष डा. भूमिराज चापागाईं कृष्णलाल स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । शुक्रबार कावासोतीमा सम्पन्न नेपाल पत्रकार महासंघ नवलपुरको दोस्रो साधारण सभामा डा. चापागाईंलाई पत्रकारिताको क्षेत्रमा पु¥याएको योगदानलाई मूल्याकंन गर्दै सम्मान गरिएको हो । पत्रकारिताको क्षेत्रमा लामो समयदेखि क्रियाशील डा. चापागाईंलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकारिता पुरस्कारबाट कार्यक्रममा सम्मान गर्नुभएको हो  ।


सामुदायिक रेडियो विजय एफएम १०१.६ बाट उहाँको पत्रकारिताको थालनी भएको थियो । पछिल्लो समय शेयरकाष्ट इनिसियटिभ नेपालमा आवद्ध रहेर चापागाईंले मिडियाका क्षेत्रमा अनुषन्धानमा क्रियाशील रहनुभएको छ । चापागाईं सामुदायिक रेडियोहरुको छातासंगठन अकोराबको केन्द्र्रीय लेखा समितिको संयोजक समेत हुनुहुन्छ । केही समय अघि मात्र उहाँले स्थानीय रेडियोहरुको भूमिकाका सम्बन्धमा अध्ययन गरि विद्यावारिधि प्राप्त गर्नुभएको थियो । 


समाजसेवी व्यक्तित्व स्व. कृष्णलाल पराजुलीको स्मृतिमा स्थापना भएको पत्रकारिता पुरस्कार पत्रकार महासंघले वितरण गर्दै आएको छ । यस पत्रकारिता पुरस्कारको संरक्षकमा पत्रकार महासंघ नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुली रहनुभएको छ ।