पोखरामा डा. भूमिराज चापागाईं सम्मानित

२०७९ माघ १६ सोमबार १६:०३:०० मा प्रकाशित

पोखरा । सामुदायिक रेडियो प्रसारक संघ गण्डकी प्रदेशले विजय एफएम १०१.६ का अध्यक्ष डा. भूमिराज चापागाईंलाई सम्मान गरेको छ ।

सामुदायिक रेडियो प्रशारक संघ नेपालका लेखा समिति संयोजक समेत रहनुभएका डा. चापागाईंलाई नेपालका एफ.एम रेडियोको अध्ययन अनुसन्धान मार्फत समग्र एफ. एम. रेडियोको श्रीवृद्धिमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको हो । 

सोमबार पोखराको लेकसाईडमा आयोजित सामुदायिक रेडियो प्रसारक संघ गण्डकी प्रदेशको पाँचौ साधारण सभा तथा प्रदेश भेलामा उहाँलाई सम्मान गरिएको हो । सभाका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, सामुदायिक रेडियो प्रसारक संघ नेपालका अध्यक्ष अर्जुन गिरी, सामुदायिक रेडियो प्रसारक संघ गण्डकी प्रदेशका अध्यक्ष गणेश कुमार श्रेष्ठले उहाँलाई सम्मान गर्नुभएको थियो । 

सञ्चार क्षेत्रको अध्ययन अनुसन्धानका माध्यमबाट सामाजिक विकास एवम् सञ्चार क्षेत्रको स्तरोन्नति र सर्वपक्षीय विकासका लागि पु¥याएको योगदानको सम्मान गर्दै सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको हो ।