गैँडाकोटका मातृविहिन ५१ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

२०७९ माघ १८ बुधबार १९:३३:०० मा प्रकाशित


गैँडाकोट । गैंडाकोट नगरपालिकाले मेयर छात्रवृत्ति कार्यक्रम अन्र्तगत आज मातृविहिन ५१ जना विद्यार्थीहरुलाई छात्रवृत्ति बितरण गरेको छ ।

कार्यक्रममा बोल्दै गैंडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले नगरपालिकाले उपलब्ध गराएको छात्रवृत्ति रकम विद्यार्थीको शिक्षण सिकाइमा सदुपयोग गर्न अनुरोध गर्नुभयो ।

प्रति विद्यार्थी प्राथमिक तहमा अध्ययनरत लाई पाँच हजार, निम्न माध्यमिक तहमा अध्ययनरतलाई छ हजार र माध्यमिक तहमा अध्ययनरतलाई ७ हजार रुपैयाका दरले छात्रवृत्ति उपलब्ध गराइएको थियो ।

छात्रवृत्ति रकम वडा नं १ देखि ९ सम्मका विद्यालयका विद्यार्थीहरुलाई कालिका माध्यमिक विद्यालय र वडा नं १० देखि १८ सम्मका विद्यार्थीहरुलाई रत्नराज्य माध्यमिक विद्यालयबाट बितरण गरिएको थियो । नगरप्रमृुख मदनभक्त अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रम शिक्षा शाखाका अधिकृत हेमचन्द्र पौडेलले सहजीकरण गरेका थिए ।