५ सय युवतीको बीचमा एक्लै बस्नु परेपछि एक युवक बेहोस

२०७९ माघ १९ बिहीबार १८:२०:०० मा प्रकाशित

भारतको बिहारमा ५०० युवतीको बीचमा एक्लै बस्नु परेपछि एक युवक बेहोस् भएका छन् । रिपोर्टका अनुसार ‘इन्टरमेडियट’ तहको परिक्षा दिन परिक्षा सेन्टरमा पुगेका मनिष शंकर परिक्षा हलमा ५०० जना युवतीको बीचमा आफू मात्र एक्लो केटा मान्छे रहेको थाह पाएसँगै बेहोस् भएका हुन् ।

मनिष शंकर अल्लाम इकबाल कलेजका विद्यार्थी हुन् भने उनको केन्द्र बिहार शरीफको ब्रिलियन्ट कन्भेन्ट स्कूलमा परेको थियो । परीक्षा केन्द्रमा पुग्दा सबै केटीहरूलाई देखेर उनको अवस्था बिग्रिएको र उनी बेहोस भएको बताइएको छ ।

‘परीक्षा केन्द्रमा आफूलाई एक्लै पाएपछि उनी आत्तिए । यस केन्द्रका सबै केटीहरूमध्ये उ एक मात्र केटा रहेछ र यो देखेर उसलाई चक्कर लाग्यो । मनिषकी काकीलाई उदृत गर्दै भारतीय मिडियाले लेखेका छन् । यस घटनासँग सम्बन्धित एक भिडिओ हाल भारतीय सामाजिक संजालमा भाइरल बनिरहेको छ ।