गैँडाकोट नमुनाले मनायो अभिभावक दिवश

२०७९ फाल्गुण ३० मंगलबार १५:५०:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट नमुना ईङ्गलिस बोडिङ्ग स्कुलको २८ औँ अभिभावक दिवश तथा फुुडफेस्टिबल समारोह सम्पन्न भएको छ । अभिभावक दिवशमा विभिन्न विधामा सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम गरिएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख रुद्रप्रसाद शर्माले बिद्यार्थीलाई कितावी ज्ञान मात्र नभई अन्य क्रियाकलापमा पनि सहभागि गराउनुपर्ने बताउनुभयो । उहाँले विद्यालयका अभिभावकको खुशी र सन्तुष्टि मापन गर्ने व्यवस्था विद्यालयले गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपककुमार लम्सालले बिद्यालयको भौतिक सुधार र बिद्यार्थीको शैक्षिक सुधारका लागि योजना बनाएर काम भइरहेको बताउनुभयो । 

बिद्यालयका प्रधानध्यपाक गोपेन्द्र केशरी न्यौपानेले बिद्यार्थीको सर्वाङ्गीण विकासका लागि बिद्यालयले काम गरेको बताउनुभयो । विभिन्न संस्थाका प्रतिनिधी, शैक्षिक व्यक्तिव, अभिभावक लगायतको उपस्थिती रहेको कार्यक्रमको सहजिकरण बिद्यालयका शिक्षक धनेश्वर गौतमले गर्नुभएको थियो ।