कालिका संस्कृत बिद्यापीठमा स्ववियु गठन

गैँडाकोट । नेपाल संस्कृत विश्वविद्यालय कालिका संस्कृत बिद्यापीठ गैँडाकोटमा स्वतन्त्र बिद्यार्थी युनियन गठन भएको छ। निवार्चनमा नेपाल बिद्यार्थी संघ (नेवीसंघ) को प्यानल निर्बिरोध भएको हो ।
जसको सभापतिमा नारायणप्रसाद बस्याल, सचिवमा अनुप भण्डारी, कोषाध्यक्षमा प्रवेश प्याकुरेल रहनुभएको कालिका संस्कृत बिद्यापीठ गैँडाकोटमा स्वतन्त्र बिद्यार्थी युनियनका पूर्व सभापति दिनेश भण्डारीले जानकारी दिनुभयो ।
त्यस्तै सदस्यहरुमा नारायण घिमिरे, गौरव बञ्जाडे, सकुशल पौैडेल, गणेश भण्डारी, सुजन ढुंगेल र महेश खनाल रहनुभएको छ ।