जिईएसमा गुड टच र ब्याड टच बारे अभिमुखिकरण 

२०७९ चैत ५ आइतबार ०७:५९:०० मा प्रकाशित

गैँडाकोट । नेपाल–युएस एल्मुनाइ नेटवर्क (नुसान)को आयोजनामा गैँडाकोटका विद्यालयलाई महिला तथा बालबालिकामाथि हुने गुड टच र व्याड टचको बारेमा अभिमुखिकरण गरिएको छ । गैँडाकोट इङ्गलिस स्कुलको सभाहलमा भएको कार्यक्रममा विद्यालयका छात्रछात्राहरुलाई सार्वजनिक स्थलमा महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्धको सचेतना कार्यक्रम गरिएको हो । महिला तथा बालबालिकामाथि हुने गुड टच र व्याड टच एवं विद्यालयमा हुने लैङ्गिक हिंसाका कारण विद्यार्थीमा पर्ने मनोसामाजिक असरसम्बन्धी विद्यालय शिक्षा कार्यक्रम गरिएको हो । 

बालबालिकामाथि हुने गुड टच र ब्याड टचका बारेमा विद्यार्थीहरुले जानकारी लिन पाउँदा खुसी भएका थिए । विद्यालयमा सबै विद्यार्थीले यस्तो ज्ञान लिनुपर्ने र यसमा विद्यार्थी र अभिभावकको पनि भूमिका रहने विद्यार्थीको बुझाई छ । 

महिला र बालिकामाथी हुने यौन हिंसा न्यूनिकरणमा समाजका सबै जना सचेत हुनुपर्ने गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ति कोइरालाले बताउनुभएको छ । उहाँले नगरपालिकाको तर्फबाट सचेतनाका कार्यक्रम गर्ने पनि बताउनुभयो । 

यस्तै इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख एवं प्रहरी निरीक्षक रिता पौडेलले प्रहरी साथी भएकाले कसैले ब्याड टच गरे वा नराम्रो गर्न खाजे जानकारी गराउनुपर्ने बताउनुभयो । उहाँले शरीरका ३ संवेदनशिल भागमा अरुले छुन नहुने भन्दै त्यस्तो गरेमा अभिभावक, शिक्षक र प्रहरीलाई खबर गर्नुपर्ने बताउनुभयो ।  

यौनजन्य हिंसा गुड टच र व्याड टचबाट सुरु हुने भएकाले विद्यालयका किशोरी उमेर समूहका बालिकाहरुलाई सचेतना दिइएको गैँडाकोट इङ्गलिस स्कुलका प्रधानाध्यापक हिरालाल अर्यालले बताउनुभयो । उहाँले पिडित बन्नु भन्दा अगाडी नै राम्रो र नराम्रो छुवाई के हो ? यसबाट कसरी बच्ने र आफुलाई समस्या हुँदा कहाँ कसलाई भन्ने लगायतका विषयमा जानकारी गराएको बताउनुभयो । 

बाल यौन दुव्र्यवहार हुनबाट रोक्न यस्ता कार्यक्रमले टेवा पु¥याउने हुँदा विद्यालयस्तरमा गुड टच ब्याड टचका बारेमा जानकारी गराउनुपर्ने बालमैत्री अभियान्ता दिपक शर्माले बताउनुभयो । 

सो कार्यक्रममा कालिका नमुना मावि, नेपाल राष्टिय शमसेर आदर्श मावि, महेन्द्र स्मारक आभारभुत विद्यालय, नारायणी मावि, गैँडाकोट इङ्गलिस स्कुल र गैँडाकोट नमुना आवासिय माविका छात्राहरुको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा नगर शिक्षा समिति सदस्य विष्णुमाया पन्थी, बालमैत्री अभियान्ता दिपक पौडेल, नेपाल प्रहरी विद्यालयका प्रधानाध्यापक मुकुन्द कुमार गिरी, स्कुल संयोजक विना ढकाल लगायतका अतिथिको उपस्थिति रहेको थियो । 

कार्यक्रममा स्वागत मन्तव्य गैँडाकोट इङ्गलिस स्कुलका मावि तह संयोजक नवराज कँडेलले व्यक्त गर्नुभएको थियो । कार्यक्रममा गैँडाकोटका प्रमुख एवं प्रहरी निरीक्षक रिता पौडेल, बालमैत्री अभियान्ता दिपक शर्मा र अमेरिकामा महिलाहरुको अवस्थाका बारेमा एस्ली टेसरेलोले विद्यार्थीहरुलाई अभिमुखीकरण गर्नुभएको थियो । 

यसैबिच गैँडाकोट इङ्गलिस स्कुलले आज विद्यालयमा कार्यरत महिला कर्मचारिलाई मायाको चिनो सहित सम्मान गरेको छ । अन्तर्राष्टिय श्रमिक महिला दिवसमा समेत कार्यक्रम गरेको विद्यालयले मार्च महिनालाई बिशेष बनाउँदै महिला कर्मचारीलाई सम्मान गरेको विद्यालयका प्रधानाध्यापक हिरालाल अर्यालले जानकारी दिनुभयो ।