वडा अध्यक्षद्वारा दीपज्योतीमा दराज हस्तान्तरण

२०७९ चैत ५ आइतबार १७:१२:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट १४ मा रहेको दीपज्योती प्राथमिक बिद्यालयलाई दराज प्रदान गरिएको छ । गैँडाकोट १६ का वडा अध्यक्ष विनोदकुमार मल्लले विद्यालयलाई दराज हस्तान्तरण गर्नुभएको छ ।

प्रारम्भिक बाल शिक्षा शिक्षण कार्यको प्रशंसा गर्दै वडा अध्यक्ष मल्लले सिकाई सहजीकरणका सामाग्री व्यवस्थापनमा सहजता मिलोस् भन्दै दराज हस्तान्तरण गरेको बताउनुभयो ।

गैँडाकोटमा यस विद्यालयले प्रारम्भिक बालकक्षालाई प्रभावकारी बनाउन प्रयत्न थालेको छ । बालबालिको जग नै बलियो नबनाएसम्म शिक्षा क्षेत्रको सुधार नहुने भएकाले बालशिक्षालाई बढी प्राथमिकतामा राखिएको विद्यालयकी शिक्षिका हिमा पौडेलले बताउनुभयो । 

वडा अध्यक्ष समेत रहनुभएकी  बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोकीसरा राना मगरले बिद्यालयको भौतिक र शैक्षिक सुधारका लागि वडाले पनि बिभिन्न काम गरेको बताउदैँ  शिक्षालाई सदैव प्राथमिकतामा राख्ने बताउनुभयो । करिब २० हजार मूल्यको  शैक्षिक सामाग्री राख्ने दराज प्रदान गरिएको हो ।

शिक्षक हिमा पौडेलले समय समयमा आउने यस्ता सहयोग र मायाले काममा थप प्रेरणा मिल्ने बताउदैँ स्थानीय तहबाट थप सहयोगको अपेक्षा रहेको बताउनुभएको छ ।