
गैँडाकोट । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैँडाकोट नगरपालिका ५ काँग्रेस चोकमा सडक निर्माण भइरहेको छ । डाइभर्सन गरि सडक निर्माण भइरहेको स्थलमा गैँडाकोट ४ का मोटरसाइकल चालक दिनेश पराजुली बाइकसंगै खसेर घाइते हुनुभएको छ । पराजुलीको सिएमसी अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।
दुर्घटना हिजो साँझ भएको थियो । ना १२ प १८१७ नम्बरको मोटरसाइकल नालाबाट प्रहरीले निकालेको छ । सडक निर्माण हुँदैछ भन्ने सूचनामूलक बोर्ड रातीमा प्रष्ट देखिने गरि राख्नुपर्ने स्थानीयले माग गरेका छन् ।
तस्वीर : शिवकान्त तिवारी / पवित्रा पराजुली