विजय एफएमद्वारा जलदिवशमा जलसंवाद

२०७९ चैत ८ बुधबार ११:१४:०० मा प्रकाशित

गैँडाकोट । सामुदायिक रेडियो विजय एफएम १०१.६ ले जलदिवशका अवसरमा जल संवाद रेडियो छलफल कार्यक्रम गरेको छ । जल संवाद कार्यक्रममा पानी संरक्षणका लागि काम गर्दै आएको सहमति संस्थाका जल संरक्षणसंग सम्बन्धित परियोजना कार्यक्रमका संयोजक दिनेश बस्ताकोटी, गैँडाकोट पम्पीङ स्कीम खानेपानीका अध्यक्ष कृष्ण न्यौपाने, अमरापुरी खानेपानीका ल्याब तथा फिल्ड इन्चार्ज विष्णु प्रसाद कंडेल र जलुके खानेपानीका सचिव शालिकराम आचार्यसंग संवाद गरिएको थियो ।

 

सामुदायिक रेडियो विजय एफएमले जलको उपयोग र संरक्षणका लागि एकदशकदेखि सुरक्षित पानी स्वस्थ जिन्दगानी कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाको उद्देश्य अनुसारका बहसका कार्यक्रमहरु नियमित सञ्चालन गरिने रेडियोका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले बताउनुभयो ।