शेयर बजार दोहोरो अंकले घट्यो 

२०७९ चैत ८ बुधबार १५:३२:०० मा प्रकाशित

काठमाण्डौ – शेयर बजार आज बुधवार दोहोरो अकंले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ७६ अंकले घटेर एक हजार नौ सय ३३ दशमलव ३० विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा जलविद्युत्, माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयर उच्च अंकले ओरालो लागेको छ ।
बजार घटेको दिन दुई सय ६६ वटा कम्पनीका ३७ लाख ७७ हजार कित्ता शेयर एक अर्ब ३३ करोड ३७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्स कम्पनीको नौ करोड १९ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै बोटलर्स नेपाल तराईको शेयर साढे सात प्रतिशत तथा धौलागिरि लघुवित्त र मानुषी लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि मायाखोला जलविद्युत् र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको प्रमोटर शेयर १० प्रतिशतले बढेको छ ।