लायन्स क्लब अफ गैँडाकोट मौलाकालिकाको नयाँ कार्य समिति चयन 

२०७९ चैत ८ बुधबार १८:४४:०० मा प्रकाशित

गैँडाकोट । लायन्स क्लब अफ गैँडाकोट मौलाकालिकाको वर्ष २०२३/२४ का लागि नयाँ कार्य समिति चयन गरिएको छ । बुधबार १६ औँ अधिवेशनले सर्वसम्मतरुपमा अध्यक्षमा कृष्ण रिजाललाई चयन गरेको निर्वाचन समिति संयोजक शालिकराम सापकोटाले जानकारी दिनुभयो । एमजेएफ लायनहरु कृष्ण पाण्डे र गोपालप्रसाद गौतम सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत समिति चयन गरेको हो । 

त्यस्तै भाइस प्रेसिडेन्टहरु प्रथममा गोपिकृष्ण रिमाल, द्वितीयमा रेशमबहादुर गुरुङ, तृतीयमा जनक पौडेल चयन हुनुभएको छ । त्यस्तै सचिवमा शंकर आचार्य, कोषाध्यक्षमा श्याम सुन्दर भुषाल, सहकोषाध्यक्षमा दुर्गा खरेल कँडेल सर्वसम्मत चयन हुनुभयो । 

दुई वर्षे डाईरेक्टरमा भीमप्रसाद पौडेल र उषा ज्ञवाली, १ वर्षे डाईरेक्टरमा रामबहादुर पुन र राजु पौडेल, पिआरओमा हरिप्रसाद सापकोटा, टामेरमा चन्द्रमणी पौडेल, टेलटिवस्टरमा कृष्ण पाण्डे, क्लब सर्भिस चेयर पर्सनमा हरिप्रसाद ढकाल, मार्केटिङ कोअर्डिनेटरमा दुर्गाप्रसाद सापकोटा, एलसिआईएफ कोअर्डिनेटरमा दयासागर सुवेदी र लियो एडभाईजरमा गणेश केसी रहनुभएको छ । 

कार्यक्रमका अध्यक्ष, लायन्स क्लब अफ गैँडाकोट मौलाकालिकाका अध्यक्ष धुव्रप्रसाद निउरेले सबैको सहकार्यले लायन्स क्लब अफ गैँडाकोट मौलाकालिका नमुना क्लब बन्न सफल भएको बताउँदै आगामी दिनमा पनि सक्रिय सहभागिता जनाउन लायन्सकर्मीहरुलाई आग्रह गर्नुभयो । 

क्लबका टेलटिवस्टर चिन्तामणी कंडेल सिआरको निवास गैँडाकोट ८ स्थित कार्यालयमा बसेको बैठकबाट चयन गरिएका समितिको सपथ ग्रहण एवं पदहस्तान्तरण कार्यक्रम पछि हुने जनाईएको छ ।