सरकारमा सहभागिता र उपनिर्वाचनबारे आज छलफल गर्दै लोसपा

२०७९ चैत ९ बिहीबार ०७:०८:०० मा प्रकाशित

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सरकारमा सहभागिता र वैशाख १० मा हुने उपनिर्वाचनलगायत विषयमा छलफल गर्न पार्टीको बैठक बोलाएको छ।
कार्यकारिणी समिति सदस्य केशव झाका अनुसार आज बस्ने बैठकमा उपनिर्वाचन, सरकारमा सहभागिता, सङ्गठन विस्तार लगायतका विषयमा छलफल हुनेछ। बारा क्षेत्र नम्बर २ मा वैशाख १० मा हुने उपनिर्वाचनमा लोसपाले उम्मेदवारी दिने तयारी गरिरहेको छ।
यहाँ उम्मेदवार हुन पार्टीबाट नवलकिशोर सिंहलगायतको चर्चा छ। तर सत्ता गठबन्धनबाट साझा उम्मेदवार तय गर्न सहमति बनेमा पार्टीबाट उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा पनि छलफल हुनेछ।
लोसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिँदै सत्ता गठबन्धनमा सहभागी छ। मन्त्रिपरिषद बिस्तार हुँदा कम्तिमा २ मन्त्री आफूहरूले पाउनुपर्ने माग लोसपाको छ। प्रतिनिधि सभामा लोसपाका ४ जना सांसद छन।