विजय एफएममा बुधबार किशोरी बहस

२०७९ चैत १३ सोमबार १३:३०:०० मा प्रकाशित


गैँडाकोट । सामुदायिक रेडियो विजय एफएम १०१.६ मा बुधबार विहान ७ बजे किशोरी बहस हुँदैछ । किशोरीहरुका चाहना, समाजको घेरा र कानुनको परिधिका विषयमा छलफल हुनेछ । छलफलका लागि अधिवक्ता पवित्रा सुवेदी, किशोरीहरु सुश्मिता भण्डारी, आस्था घिमिरे, अस्मिता पौडेल आउनुहुनेछ । 


सामुदायिक रेडियो विजय एफएम १०१.६ ले समाजका विभिन्न वर्ग, उमेर समूह, विषयगत समूह, समाजका मुलभुत मुद्धाहरुका विषयमा रेडियो छलफल कार्यक्रम गरिरहेको छ । यस अघि जलस्रोतको संरक्षण र उपयोगका विषयमा छलफल गरिएको थियो । अर्को साता सहकारी दिवशका अवसरमा सहकारी संवाद रेडियो छलफलको कार्यक्रम गरिने विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले बताउनुभयो ।