सूर्यभक्त पतनादेवी पुरस्कारबाट डा.चापागाई सम्मानित

नवलपुर । विजय सामुदायिक सुचना तथा सञ्चार सहकारी संस्थाका अध्यक्ष डा.भुमिराज चापागाई सहित चार जनालाई आज सम्मान गरिएको छ ।
नेपाल प्रेस युनियन नवलपुरको एघारौं साधारण सभा तथा अधिवेशनका क्रममा चार जना पत्रकारलाई सम्मान गरिएको हो।
नेपाल प्रेस युनियन नवलपुर शाखाले प्रदान गर्दै आएको सूर्यभक्त पतनादेवी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट विजय सामुदायिक सुचना तथा सञ्चार सहकारी संस्थाका अध्यक्ष डा.भुमिराज चापागाई, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीर जंग शाह, नेपाल टेलिभिजनका चितवन जिल्ला संवाददाता इश्वर जोशी, बरिष्ठ पत्रकार सुर्यचन्द्र बस्नेत सम्मानित हुनुभएको छ ।
सासंद शशांक कोईरालाले नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्नुभएको थियो । प्रत्येक वर्ष प्रदान गरिने उक्त पुरस्कार राशी जनही २५ हजार १ सय ५६ रहेको छ ।